२०८३, १८ बैशाख शनिबार

चिनियाँ कम्पनीले नेपाललाई दियो २ हजार किट उपहार

चिनियाँ कम्पनीले नेपाललाई दियो २ हजार किट उपहार


काठमाडौं, १३ चैतः चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ । ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो ।

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ । ‘किट सहयोग नेपाल–चीनबीचको भातृत्वको भाव हो,’ कम्पनीका अध्यक्ष हरिप्रसाद ढुंगानाले एपीडी न्युजलाई भनेका छन् ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ । त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी छ । सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको र यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ ।

कोरोना भाइरस परीक्षणका निम्ति किट अत्यावश्यक मानिन्छ । तर, कोरोना विश्वका १ सय ९७ बढी देशमा फैलिएपछि यो सर्वसुलभ हुन सकेको छैन । पर्याप्त किट नभएपछि नेपाल सरकार यसको जोहोमा जुटेको बुधबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका थिए । मन्त्री ढकालले चीनबाट तीन दिनभित्र आवश्यक स्वास्थ्य सामाग्री ल्याइने बताएका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको भन्दै ट्वीट गरेकी थिइन् ।

किट अभावपछि टेकुस्थित राष्ट्रिय प्रयोगशालाले जनवरीदेखि हालसम्म ६८७ नमूना मात्र परीक्षण गर्न सकेको छ । यसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये १ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने २ को उपचार भइरहेको छ ।

साभारः अनलाइन खबर

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ९ : ०८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा