२०८३, ११ असार शुक्रबार

पनौतीका मेयरः जसले भारतबाट काम गरी फर्केलाइ टेकु पुर्याए

पनौतीका मेयरः जसले भारतबाट काम गरी फर्केलाइ टेकु पुर्याए


धुलिखेल, ११ चैतः सोमबार दिउँसो २ बजेतिर पनौती नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तारामान लामाले मेयर भिमप्रसाद न्यौपानेलाई फोन मार्फत जानकारी गराए । भारतबाट काम गरि फर्केका गाउँ आइपुगे के गर्ने ? लगत्तै मेयरले दुई वटा एम्बुलेन्सकाे ब्यवस्था मिलाए । र आदेश दिए स्वास्थ्य परीक्षण गराउन ।

मेयर न्यौपानेको आदेश अनुसार बल्थलीबाट २ जनालाई लिएर दुईवटा एम्बुलेन्स शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्यो । उनीहरुको ज्वरो, खकार परीक्षण गरियो । सबै ठिक रहेको डाक्टरहरुले बताएपछि उनीहरु सोहि एम्बुलेन्स बल्थनी नै पुर्यो । नगरपालिकाको स्वास्थ्य शाखाले उनीहरुको निगरानी राखेको छ । घर बाहिर नस्किन आग्रह गरेको छ ।

वडाध्यक्ष तारामान लामाले २ जना आइतबार गाउँ आइपुगेको र अन्य ११ जना गाउँ आउँदै गरेको सुचनाको आधारमा पनौती र गाउँ नपुग्दै अस्पताल लगेर परीक्षण गरेको बताए ।

उनीहरु आइतबार गाउँ आइपुगेका थिए । पनौती नगरपालिकाले सोमबार देखि बसपार्कमा हेल्थ डेक्स राखेको छ । नगरपालिकाले कोरोना संक्रिमतका लागि लक्षित गरेर ४ वटा एम्बुलेन्सत तयारी अवस्थामा राखेको छ । नगरपालिकाभित्रका नागरिकले यो सेवा लिन पाउनेछन् ।

३५ लाखको कोरोना विपद् कोष कडा गरेको नगरपालिकाले वडामा स्तरमा रहेको विपद् ब्यवस्थापन समितिलाई सक्रिय बनाएर बिदेशबाट आएको हरेक नागरिकको अभिलेख राख्न निर्देशन दिएको छ । नगरपालिकाले खुल्ला क्षेत्र तर्फ पालिकाको वडा नम्बर ५ मा रहेको छाला कारखाना र शिखरप्लाई कारखाना क्षेत्रलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यस्तै वडा नम्बर ७ मा निर्माणधिन क्षेत्रिय रंगशालाई पनि क्वारेन्टाइनका लागि तोकेको छ ।

भवन तर्फ इन्द्रेश्वर र तेजगंगा बहुमुखि क्यम्पसलाई क्वारेन्टाइनका लागि तोकेको छ । त्यसैगरी कुशादेवी क्यम्पसलाई पनि क्वारेन्टाइनका लागि तोकेको बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ११ : ३२ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा