२०८२, १४ फाल्गुन बिहीबार

राष्ट्रिय युवा संघ धुलिखेलद्वारा नगरबासिको स्वास्थ्य सुरक्षाको माग गर्दै नगरप्रमुखको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ धुलिखेलद्वारा नगरबासिको स्वास्थ्य सुरक्षाको माग गर्दै नगरप्रमुखको ध्यानाकर्षण


धुलिखेल, ९ चैतः राष्ट्रिय युवा संघ धुलिखेलले नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना संक्रमणको रोकथामका लागि नगरपालिको भरपर्दो योजनाको माग गर्दै संघले आइतबार ज्ञापन पत्र बुझाइएको राष्ट्रिय युवा संघ धुलिखेल नगर कमिटीका अध्यक्ष सिबी तामाङले जानकारी दिए ।

ज्ञापन पत्र मार्फत संघले नगरबासिहरुका लागि कोरोना भाइरस विरुद्धको अभियान सञ्चालन गर्न वडाहरुमा जनप्रतिनिधि र सरोकारवाला पक्षहरुको उचित परिचालन गर्न नगरप्रमुख ब्याञ्जु श्रेष्ठको ध्यानाकर्षण गराएको हो । नगरपालिकाले आवश्यकता महशुल गरेर स्वयमसेवी भएर काम गर्न तयार रहेको संघले जनाएको छ । संघले वडा नम्बर १० र ६ मा बाहेक अन्य वडाहरुमा प्रभावकारी प्रचार प्रसार र सर्थकताका बारे गतिविधि भएको भन्दै तत्काल सबै शक्ति परिचालन गर्न अनुरोध गरेको छ ।

संघको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकालाई आफ्नो सम्पुर्ण संयन्त्र परिचालन गर्न, आवश्यक परेमा स्थानीय संघसंस्था, क्लबका युवालाई समेत जनचेतना फैलाउने काममा परिचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ८ : ३९ बजे

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन