२०८२, ३० फाल्गुन आईतबार

पहिरोका डरले स्थायी प्रहरी चौकी नै विस्थापित

पहिरोका डरले स्थायी प्रहरी चौकी नै विस्थापित


त्रिपुराकोट, डोल्पा, ३० साउन: हिमाली जिल्ला डोल्पामा पहिरोका डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ । ठुलीभेरी नगरपालिका–९ कालागौ“डास्थित स्थायी प्रहरी चौकी पहिरोका डरले विस्थापित भएको हो । पहिरोस“गै आएको ठूलोढुङ्गाले चौकीको आँगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भा“चिएका छन् ।

बुधबार बिहान ३ बजे चौकीको माथिबाट पहिरो खसेर क्षति पु¥याएकाले अर्को घरमा सारिएको प्रहरी निरीक्षक शशीराम ओलीले जानकारी दिनुभयो । चौकीलाई आंशिक रुपमा क्षति भए पनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थितिमा पुगेपछि चौकी सरेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

निरन्तरको पहिरोले कालागौ“डा बस्तीका दश घर उच्च जोखिममा रहेको वडा नं ९ का अध्यक्ष वीरमल भण्डारीले जानकारी दिनुभयो । केही घरधनीले भने जोखिमयुक्त ठाउँ छोडेर सुरक्षित ठाउँतर्फ गइसकेको र बा“की घरधनीलाई पनि घरमा नबस्न सचेत गराइएको उहा“ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : ३० बजे

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी