२०८३, ९ भाद्र बुधबार

तेमालमा कोरोना भाइरस सचेतनाः स्वास्थ्य परीक्षण सुरु

तेमालमा कोरोना भाइरस सचेतनाः स्वास्थ्य परीक्षण सुरु


धुलिखेल  ७ चैत :  काभ्रेको तेमाल गाउँपालिकाले स्वास्थ्य परीक्षण सुरु गरेको छ । तेमाल प्रवेश गर्ने मुख्यद्वार कालिकाटीमा पालिकाले हेल्थ डेस्क राखेर शुक्रबारदेखि स्वास्थ्य परीक्षण थालेको उपाध्यक्ष दुर्गामाया तामाङले जानकारी दिइने ।

कोरोना भाइरस परीक्षण सम्बन्धी पालिकाले कालिमाटीमा बिहीबार हेल्थ डेस्क स्थापना गरेको थियो । बिहान ६ बजेदेखि तेमाल गाउँपालिका आवातजावात गर्ने सबैको स्वास्थ्य परीक्षण गरिरहेको उपाध्यक्ष तामाङले बताइन् । उनका अनुसार बोहोरेदोभानमा पनि हेल्थ डेस्क स्थापना गरिनेछ । बोहोरेदोभानको हेल्थ डेस्क भने आइतबारबाट सञ्चालनमा आउनेछ ।

हेल्थ डेस्कमा प्रहरीसहित हेल्थ असिस्टेन (एचए) र नर्स १/१ जना राखिएको पालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले जानकारी दिए । हरेक दिन विहान ६ बजेदेखि साझँ ६ बजेसम्म स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य शाखाले पालिकाभित्रको कुनै पनि स्वास्थ्य कर्मचारीलाई अत्यावश्यक काम बाहेक बिदा नदिने भएको छ ।

कोरोना भाइरस विरुद्ध अभियान सञ्चालन गर्नका लागि सबै कर्मचारीलाई हाई अलटमा राखिएको पालिकाका प्रमुख सलाम सिं तामाङले बताए । स्वास्थ्य परीक्षणका लागि  पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) सहित स्वास्थ्य कर्मी बसेका छन् । स्वास्थ्य परीक्षणकाे शुभराम्भ गर्न जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नगेन्द्र कुमार झा पनि पुगेका थिए ।

प्रकाशित मिति : २०७६, ७ चैत्र शुक्रबार  ११ : ४१ बजे

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको