२०८२, १४ फाल्गुन बिहीबार

धुलिखेल उद्योग वाणिज्य संघको पदाधिकारी माथि वैधताको प्रश्न ?

धुलिखेल उद्योग वाणिज्य संघको पदाधिकारी माथि वैधताको प्रश्न ?


धुलिखेल, ७ चैतः दुई पटक थपिएको म्यादमा समेत निर्वाचन हुन नसकेपछि धुलिखेल उद्योग वाणिज्य संघको पदाधिकारी माथि वैधताको प्रश्न उठेको छ । वर्तमान पदाधिकारीको नियमित म्याद २०७६ साल भदौँ महिनामा सकिएको थियो ।

भदौँ देखि यता दुई पटक म्याद थप भइसकेको छ । तर निर्वाचन गराउन वर्तमान अध्यक्ष मञ्जुकुमार कोजु असक्षम देखिएका छन् । भदौमा बसेको बैठकले तीन महिना समितिको थप गरेको थियो । त्यो तीन महिनाभित्र पनि निर्वाचन हुन सकेन् । त्यसपछि बसेको बैठकले फेरी अर्को तीन महिना म्याद थप गरेर फागनु १७ गते निर्वाचन गराउने निर्णय गरेको थियो । आर्थिक वर्षको सुरुमै नवीकरणका तथा नयाँ सदस्यताका लागि घरदैलो कार्यक्रम गर्ने कार्य समितिभित्र छलफल भएतापनि घरदैलो कार्यक्रम नगरी अध्यक्ष कोजुले निर्वाचनलाई केन्द्रित गरेर आफु अनुकुलका ब्यक्तिलाई बाटो बाटोमै संघको छाप बिनै नवीकरण गर्दै गरेको प्रमाण समेत फेला परेको छ ।

निर्वाचनका लागि सहयोगि केहि कर्मचारी नियुक्ति गर्ने कार्य समितिले बैठकले निर्णय गरेको थियो । तर अध्यक्ष कोजुले कर्मचारी नियुक्ति नगरी आफ्नो अनुकुलका पदाधिकारीहरुलाई सहयोगमा फर्जी नयाँ सदस्यता र नवीकरण गर्ने काम गरेको पाइएको छ ।

संघको विधान अनुसार नियमित समयावधि सकिएको ३ महिना र विशेष कारण देखाएर अर्को ३ महिना थप गर्न पाइन्छ । तर दोस्रोपटक म्याद थप्दा पनि निर्वाचिन नभएपछि समितिको वैधता स्वतः सकिएको हो । रमाइलो कुरा त के छ भने निर्वाचन गराउन नसकेपनि अध्यक्ष कोजुले रातारात फर्जी सदस्य भने बनाउन सफल भएका छन् । उनले उद्योग वाणिज्य संघका कर्मचारी र पधाधिकारीको मिलेमतोमा रातारात तीन सयको हाराहारीमा नयाँ दर्ता तथा नवीकरण सदस्य थप्न भ्याएका हुन् ।

कार्य समितिभित्रै उपाध्यक्षहरु तथा सदस्यले अध्यक्ष कोजुले गरेको नयाँ दर्ता तथा नवीकरण सदस्य प्रति असहमति जनाउँदैँ खारेजीको माग गरेर निवेदन दर्ता गरेको थियो । असन्तुष्ट पक्षले विधान विपरितको हुने कुनै पनि परिस्थितिको जिम्मा बहन नगर्ने कुरा उल्लेख गर्दै भैपरि आउने सबै किसिमका परिस्थितिको जिम्मा संघका अध्यक्षले लिनुपर्ने निवेदनमा उल्लेख गरिएको छ ।

मञ्जु कुमार कोजुले फर्जि सदस्य बनाउनका लागि उद्योग वाणिज्य संघ धुलिखेलको नाममा आफ्नो छोरा मनिष कोजुको नामबाट एकमुष्ट ४ लाख ११ हजारको चेक बैंकमा दाखिला गरेको स्रोतले जनाएको छ । सो चेक उद्योग वाणिज्य संघको नामबाट नविल बैंक धुलिखेल शाखामा २०७६ साल माघ १९ गते आइतबार बैंक बन्द हुने अन्तिम समयमा दाखिला भएको पाइएको हो । त्यस दिन संघका कार्यालय सचिव कार्यालय आएका थिएनन । तर पनि कार्यालय सचिव र अध्यक्ष मञ्जु कुमार कोजु मिलेर कार्यालयको छाप समेत दुरुपयोग गरेको भेटिएको छ ।

विधानतः माघ १७ गतेसम्म नयाँ दर्ता तथा नवीकरण भएको हुनुपर्ने थियो । तर अध्यक्ष कोजुले आफैले एकमुष्ट रकम चेक मार्फत संघको खातामा दाखिला गरेका थिए । प्राप्त जानकारी अनुसार संघको निर्वाचनमा सदस्यका आकांक्षी ब्यवसायीहरुले पनि विधान विपरित दर्ता तथा नवीकरण भएका सदस्य खारेजी गर्न र यथाशिघ्र निर्वाचन गराउन माग गर्दै निवेदन दर्ता गराएका छन् ।

संघ भित्र विधान विपरित सदस्यता तथा नवीकरण गर्दा भएको कामको छानविन गर्न समिति गठन गरिएको थियो । समितिले फागनुभित्र प्रतिवेदन बुझाउनु पर्ने थियो । तर बुझाउन सकेन । बैधता सकिएकै संघका पदाधिकारी बैठकले छानविन समितिको म्याद फेरी थप गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७६, ७ चैत्र शुक्रबार  ७ : १४ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको