२०८२, ८ पुस मंगलबार

काभ्रे रेडक्रसको मतदान चैत १३ मा

काभ्रे रेडक्रसको मतदान चैत १३ मा


धुलिखेल, ६ चैतः विभिन्न कारण देखाउँदै पटक पटक स्थगित हुदैँ आएको जिल्ला रेडक्रस सोसाइटी काभ्रे शाखाको निर्वाचन हुने भएको छ । यसअघि निर्वाचन गराउन नमानेका निर्वाचन अधिकृत राजेन्द्रमान ताल्चाभडेलले निर्वाचन तालिक सार्वजनिक गरेका हुन् ।

सार्वजनक निर्वाचन तालिका अनुसार चैत १२ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १३ गते विहान ११ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । मत गणना मतदान लगत्तै हुने निर्वाचन अधिकृत ताल्चाभडेलले जारी गरेको कार्य निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।

रेडक्रसको चुनावमा कम्युनिष्ट र काँग्रेस प्यानल बनाएर होमिएका छन् । कम्युनिष्ट तर्फका वर्तमान सभापति रघुबर चौ प्रधानकै नेतृत्वमा १७ जना उम्मेवार घोषणा गरेर चुनानवी मैदानमा होमिएको छ ।

यसअघि माघ २५ गते तय गरिएको शाखाको निर्वाचन स्थागित भएको थियो । शाखामा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय धुलिखेलले तत्काललाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । तर फागुन २२ गते पुनः प्रशासन कार्यालयले निर्वाचन प्रक्रिया अघि बढाउन पत्र काटेको हो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले गत माघ २४ गते काटेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका पदाधिकारीहरुले खाएको तलबमा १ प्रतिशत मात्र कर तिरेर राजस्व छली गरेकोले छानबिन गरी तत्काल कर असुली गर्न र दोहोरो तलब भत्ता खाएर भ्रष्टाचार गरेकाले अनुसन्धान गरी कारबाही गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १३ पुसमा उजुरी दर्ता भएको थियो ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ८ : ०६ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ