२०८३, ९ असार बुधबार

काभ्रेका यी स्थानीय तहमा आजदेखि बन्द हुदैछन् विद्यालय

काभ्रेका यी स्थानीय तहमा आजदेखि बन्द हुदैछन् विद्यालय


धुलिखेल, ६ फागुनः शैक्षिक सत्रको अतिम परीक्षासँगै काभ्रेका धेरै स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । यसअघिका बर्षहरुमा पनि परीक्षा लगत्तै विद्यालय बन्द हुन्थे । तर यो पटक भने कोरोना भाइरसका कारण विद्यालय कहिले खुल्छ भन्नेमा अन्योलता देखिएको छ । धुलिखेल नगरपालिका बाहेक संघीय सरकारको शिक्षा मन्त्रालयको आग्रह मानेका अन्य स्थानीय तहमा बुधबारबाट परीक्षा सकिएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाले एक सुचना निकालेर भोली देखि चैत २५ गतेसम्म नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले चैत २६ गते विद्यालय खोलेर बार्षिक परीक्षाको नतिजा तयार गर्न र २८ चैतमा नजिना प्रशासन गर्न सबै विद्यालयलाई आग्रह गरेका छन् । कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको उत्तरपुस्तिका परीक्षण गरी चैत १० गतेभित्र समष्टिगत फारम तयार गरी नगरपालिकाको शिक्षा शाखामा पेश गर्न नगरपालिकाले भनेको छ ।

जिल्लाको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरमा बार्षिक परीक्षा सकिएको छ । उसले विद्यालयहरुलाई कुनै किसिमको जमघट हुने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । जिल्लाको नमोबुद्ध, बनेपा, पनौती नगरपालिका र भुम्लु, रोशी, तेमाल, चौरीदेउराली, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा पनि बार्षिक परीक्षा सकिएको छ ।

धुलिखेल नगरपालिकाले भने चैत ८ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र बार्षिक परीक्षा सकाउन देशभरका विद्यालयहरुलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ७ : १९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि