२०८३, २५ श्रावण मंगलबार

बिहेको निहुँमा दलितमाथि आक्रमण

बिहेको निहुँमा दलितमाथि आक्रमण


काठमाडौं, साउन ३०: अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्।

चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ।

घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेका हुन्।

भोजन सुस्मिताका काका हुन । उनीहरूले ९ वर्षका बालकदेखि ६२ वर्षसम्मका मानिस कुटपिट गरेको आरोप छ । न्याय माग्न सदरमुकाम आएको दलित परिवार न्याय पाइनेमा अझै ढुक्क भने छैनन् । कुटपिटपछि त्रसित उनीहरू गाउँ जाने वातावरण अझै नबनेको बताउँछन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : २५ बजे

नगरपालिकाको सहयोगमा फेरिएको सोह्रसय वर्ष पुरानो नन्दिकेश्वर महादेव मन्दिर

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको १६००

अब मोबाइलमै हेर्न सकिनेछ ‘बिल जितौं’को हिसाब, माछापुच्छ्रे बैंकले ल्यायो नयाँ सुविधा

काठमाडौं । बिल काट्ने र डिजिटल भुक्तानी गर्ने ग्राहकलाई पुरस्कार

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ

एनएमबि बैंकले तोड्यो आफ्नै रेकर्ड, नाफा ४ अर्ब पार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा नाफाको