२०८३, ३१ श्रावण सोमबार

पाँचखाल नगरपालिकाले थाल्यो अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमी बनाउने अभियान

पाँचखाल नगरपालिकाले थाल्यो अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमी बनाउने अभियान


धुलिखेल, २७ फागुनः पाँचखाल नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि उद्यमी बनाउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले वडा नं १० र १२ का २५ जना अपाङ्गता भएका व्यक्तिलाई मोजा, पञ्जा र टोपी बनाउने तालिम दिन सुरु गरेको हो ।

मंगलबार वडा नं १२ बालुवाको आजाद माध्यमिक विद्यालयमा सुरु भएको तालिम एक हप्तासम्म चल्ने छ । तालिमका लागि नगरपालिकाले १ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले यो भन्दा अगाडी वडा नं ८, ९, ११ र १३ समेट्ने गरी २५ जनालाई यो तालिम दिइसकेको उपप्रमूख लक्ष्मी दनुवारले बताइन् । ‘हामी नगरभित्रका काम गर्न सक्ने सबैलाई कुनै न कुनै उद्यमसम्म जोड्न चाहान्छाैँ, उपप्रमुख दनुवारले भनिन्, यसैको निरन्तरता हो, अपाङ्गता भएका ब्यक्तिहरुलाई विभिन्न विभिन्न खालको तालिम दिएर उद्यमी बनाउने ।’

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ७ : २६ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन