२०८३, ९ भाद्र बुधबार

काभ्रेका श्रमिक महिलालाई भने अन्तर्राष्ट्रिय महिला दिवसले छुन सकेन

काभ्रेका श्रमिक महिलालाई भने अन्तर्राष्ट्रिय महिला दिवसले छुन सकेन


धुलिखेल, २५ फागुनः विश्वभर महिला दिवस मनाइरहँदा दैनिक ज्याला गरेर घरपरिवार चलाउने काभ्रेका महिलाहरुलाई भने न त हर्ष छ, न त विषमत नै । आइतबार काभ्रेका स्थानीय तहरुले विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाउँदै छन् । तर दैनिक ज्यालामा हिड्नुपर्ने महिलाहरु कहिल्यै पनि यस्तो दिवसमा सहभागि हुन पाएको उदाहरण पाइदैन् ।

पढेका र नपढेका महिलाबीच ठूलो खाडल छ । आइतबार सरकारी र गैरसकारी कार्यालयहरु बन्द छन् । तर नमोबद्ध, पाँचखाल, मण्डनदेउपुर, नाला लगायत क्षेत्रका इट्टाभट्टामा काम गर्ने महिलाहरुलाई छुट्टी छैन । उनीहरु हिजो जसरी नै आज पनि घरबाट सामाल तुमल लिएर काम गइरहेका छन् । विहान काममा नगए, बेलुका छाक कसरी टार्ने भन्ने चिन्तामा ती महिलाहरु देखिन्छन् ।

काभ्रेबाट भक्तपुरका इट्टाभट्टामा काम गर्न पुगेका कयौँ महिला दिदीबहिनीहरु पनि यो दिवस कुन चराको नाम हो भन्ने अवस्थामा छन् । सहर बजारमा प्ले कार्ड बोकेर महिला अधिकारको नारा घन्किदैँ गर्दा, उनीहरुको हातले इट्टा बनाउने औजार समाइरहेको छ । भलै, ज्याला मजदुर गर्नेहरुको पनि अधिकार प्लेकार्ड धारीहरुले गुञ्जायमान गरिरहेकोमा गर्व गर्नुपर्छ ।

आइतबार ११० औँ अन्र्तराष्ट्रिय महिला दिवस मनाइ रहँदा पनि ज्यालामा समानता छैन् । एकै प्रकृतिको काम गर्ने पुरुषको तुलनामा महिलाको ज्याला निकै कम छ । जिल्लामा ज्याला तथा निर्माण सामाग्रीहरुको दररेट निर्धारण गर्ने समिति छ । समितिले महिला र पुरुष दुबैको लागि चालु आर्थिक वर्षका लागि ७ सय २५ रुपैयाँ ज्यामी र भरियाको ज्याला तोकेको छ । ब्यवहारमा त्यस्तो देखिदैँन । तर ज्याला कम भयो भनेर उजुरी गर्ने निकाय छैन् । अहिलेसम्म कारबाही भएको पाइदैँन् ।

जिल्लामा घरेलु र महिला हिँसाको घटना बढ्दो क्रममा छ । बालिका देखि बृद्धासम्म बलात्कार भइरहेका छन् । न्यायमा सहज पहुँच छैन् । जसले न्यायलयसम्म जाने आट समेत गर्दैछन् ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  ९ : ३७ बजे

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत