२०८३, ३० असार बुधबार

काभ्रेको कोशीपारी बस दुर्घटना अपटेडः ४० यात्रु घाइते (घाइतेको नाम सहित)

काभ्रेको कोशीपारी बस दुर्घटना अपटेडः ४० यात्रु घाइते (घाइतेको नाम सहित)


धुलिखेल, २१ फागुनः रामेछापको गुराँसेबाट काठमाण्डौका लागि हिडेको यात्रुबाहक बस काभ्रेको ढाँडखर्कमा दुर्घटनामा परेको छ । दुर्घटनामा ४० जना घाइते भएको छन् ।

२ जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको छ । घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारपछि एक जना यात्रु घर फर्किएको प्रहरीले जनाएको छ ।

विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेतिर बा ४ ख ७१०२ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको इकालाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए ।

घटना लगत्तै फरार रहेको चालक सम्पर्कमा आइसकेका कात्तिकेदेउराली प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ७ : ११ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै