२०८१, १० फाल्गुन शनिबार

मण्डनदेउपुर नगरपालिका सहकारीलाई ब्यवस्थित गराउँदैँ

मण्डनदेउपुर नगरपालिका सहकारीलाई ब्यवस्थित गराउँदैँ


धुलिखेल, १२ फागुन: काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगर भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुसँग छलफल गरेको छ । सहकारीहरुको काम ब्यबस्थीत बनाउन छलफल गरिएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । पालिकाले सोमबार सहकारीका अध्यक्ष र ब्यवस्थापकसँग छलफल गरेको हो ।

नगरपालिकामा १ सय ७७ वटा सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । तर ४४ ओटा मात्रै सहकारी संस्था सुचिकृत भएका छन् । बाँकी सहकारीहरुलाई पनि चाँडै सूचिकृत हुन नगरपालिकाले आग्रह गरेको छ । ‘कुन ठाउँमा सहकारीले कस्तो काम गरिरहेको छ भनेर बुझ्न पनि आजको छलफल सकरात्मक रह्यो, प्रवक्ता आचार्यले भने ‘हामी नगरभित्रका सबै सहकारीहरु बीच समन्वयनात्मक भूमिका होस भन्ने चाहान्छाँै ।’

नगरपालिकाले सहकारी ऐन बनाईसकेको छ । पालिका नियमावली बनाउने योजनामा रहेको प्रवक्ता आचार्यले बताए । केही सहकारीहरु मर्ज गर्नुपर्ने योजाना पनि नगरपालिकाले बनाएको आचार्यले बताए । ‘सहकारीलाई सहकार्यकै रुपमा अघि बढाउने नगरपालिकाको योजना हो, सहकारीको मर्म अनुसार चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो, उनले भने ‘यदि चल्न नसक्ने अवस्थामा छन् भने मर्ज हुन पाउने प्रावधान पनि नगरपालिकाले अघि सारेको छ ।’

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ६ : ५३ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,