२०८३, ३० असार बुधबार

पनौती नगरपालिकाले भन्योः सहकारीको दोहोरो सदस्यता त्याग्नुस्

पनौती नगरपालिकाले भन्योः सहकारीको दोहोरो सदस्यता त्याग्नुस्


धुलिखेल १० फागुनः काभ्रेको पनौती नगरपालिकाले एकभन्दा बढी सहकारीको सदस्यता नलिन सबैलाई आग्रह गरेको छ । नगरस्तरीय सहकारी विकास समितिले एकै प्रकृतिको एकभन्दा बढी सहकारीको सदस्य नलिन नगरबासीलाई आग्रह गरेको हो । समितिले नगरपालिकाको सहकारी ऐन २०७४ को उपदफा (१) बमोजिम निर्णय गरेको बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । सहकारी ऐन २०७४ जारी गरिसकेको नगरपालिकाले सहकारी सञ्चालनका लागि नीति समेत बनाइरहेको छ ।

समितिले आगामी २०७७ साल असोज मसान्तसम्मको समय सिमा तोकेर नगरपालिकाभित्र क्रियाशिल एकै प्रकृतिका सहकारीमा दोहोरो सदस्यता भए कुनै एउटामा मात्रै सदस्य बन्न भनेको हो । समितिले सहकारी सञ्चालकलाई पनि दोहोरो सदस्यता बनाउन निर्देशन दिएको छ ।

नगरपालिकाभित्र दुईसयका हाराहारिमा विभिन्न विषयगत सहकारी संस्था सञ्चालनमा रहेको नगरस्तरीय सहकारी विकास समितिका संयोजक इश्वर जंगमले बताए । ‘यो राज्यकै नीति अनुसार एकै प्रकृतिको सहकारीमा दोहोरो सदस्यता नहोस भन्नका लागि हामीले यो निर्देशन जारी गरेका हौँ, उनले भने ‘एक भन्दा बढी सहकारीको सदस्यता लिन नपाउने होइन की एउटै प्रकृतिका सहकारीमा चाँहि दोहोरो सदस्यता रहनु भएन्, बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि सहकारीमा बस्न पायो, तर एकभन्दा बढी कृषि, बचत तथा ऋण र बहुउद्देश्यीयमा चाँहि बस्न पादैँन ।’

पनौतीमा देशभरकै उत्कृष्ट सहकारी समेत रहेको छ । सबै सहकारीहरुको एकरुपताका लागि यो निर्णय गरिएको समिति संयोजक जंगमले बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित सहकारीहरु हाम्रै पनौतीभित्र छन्, यो हाम्रो गौरबको कुरा हो, उनले भने ‘नगरभित्रका सहकारी सुशासन युक्त बनाउनका लागि पनि यसो गर्न जरुरी छ ।’

नगरपालिकाले सहकारीको सूचिकृतका लागि आह्वान समेत गरेको छ । अहिले धमाधम सूतिकृतका लागि सहकारीहरु आइरहेको संयोजक जंगमले बताए ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  ९ : ५७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै