२०८३, ३० असार बुधबार

काभ्रेमा आलु खेतीबाट बार्षिक करिब ३ अर्ब रकम भित्रने

काभ्रेमा आलु खेतीबाट बार्षिक करिब ३ अर्ब रकम भित्रने


धुलिखेल, ६ फागुन :  काभ्रे जिल्लामा सबैभन्दा बढी आलुबाट २ अर्ब ५० करोड भन्दा बढी रकम भित्र्ने गरेको छ । जिल्लाको ९ हजार ७ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती हुने गरेको छ । त्यस्तै आलु सुपरजोन मार्फत ४ हजार हेक्टर क्षेत्रफल जमिनमा खालुखेती हुदैँ आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको आलु सुपर जोन कार्यक्रमका प्रमुख दिपक पौडेलले बताए । जिल्लामा बार्षीक १ लाख ८४ हजार ६२२ मेक्ट्रिटन उत्पादन हुने गरेको छ ।

उनका अनुसार जिल्लाको पाँचखाल, पनौती र बनेपा नगरपालिकामा जिल्लाको सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । त्यस्तै धुलिखेल मण्डनदेउपुर, बेथानचोक, नमोबुद्ध लगायतका पालिकामा पनि आलु उत्पादन हुने गरेको छन् । जिल्लाका किसानले तीन जातको आलु लगाउँदै आइरहेका छन् । पाँचखाल र मण्डनदेउपुर भेगका किसानले जनप्रिय लगाउने गरेका छन् । यो आलुको उत्पादकत्व बढी र डडुवा सहनसक्ने क्षमता उच्च रहेको आलु सुपर जोन कार्यक्रमका प्रमुख पौडेलले बताए ।

त्यस्तै नालाको माथिल्लो भेगका किसानले अगौटे सिजनमा बिजुरे जातको आलु लगाउँदै आएका छन् । स्थानीय भाषामा यो आलुलाई झप्री पनि भन्ने गरिन्छ । बोटको चोरैतिर फल्ने, मुल्य बढी पाउने र बर्खाका समयमा ६० देखि ७० दिनभित्र खन्न सकिने भएकाले किसानहरुले अत्याधिम मन पाएको पौडेलले बताए । त्यसैगरी पनौती र खोपासी आसपासका किसानहरुले पनौती लोकल जातको आलु चलाउँदै आएका छन् । यो आलु गोलो र रातो हुने गरेको छ ।

काभ्रेमा तीन सिजनमा किसानहरुले आलु खेती गर्ने गरेका छन् । नाला क्षेत्रमा भिरालो जमिन भएकाले बर्खा याममा धेरै आलु खेती हुने गरेको छ । अन्य ठाउँको भन्दा बजारमा यो भेगबाट आलु छिट्टै आउनु भएकाले भाउपनि राम्रो पाउने गरेका छन् । त्यस्तै फाँट क्षेत्र पाँचखाल र मण्डन भेगका किसानले मंसिर देखि फागुनसम्म आलु लगाउने गरेको आलु सुपरजोनका प्रमुख दिपक पौडेलले बताए ।

पनौती र खोपासी क्षेत्रमा सिँचाईको पनि राम्रो ब्यवस्था छ । यहाँका किसानले वर्षका दुई पटक आलु खेती गर्ने गरेका छन् । धान भित्र्याउने वित्तिकै आलु लगाएर कात्तिक महिनाभित्र बजारमा आइसक्छ । अर्को सिजनको आलु भने किसानले माघमा लगाउँछन् । चैत्र–बैशाखभित्र बजार आइसक्छ । यो क्षेत्रको खेती खासै खाली बस्न पाउँदैन ।

मल्ट्री च्याम्बर नहुदाँ किसान मारमा
जिल्लामा २ अर्बको आलु भित्रिएपनि मल्ट्री च्याम्बर नहुदाँ किसान मारमा पर्दै आएका छन् । मल्ट्री च्याम्बर नहुदाँ सिजनका आलु सस्तो मुल्यमा बेच्न बाध्य भएका हुन् । किसानले आलु खेतबारीबाट सिधै बेचि रहेका छन् ।

जिल्लामा छन त ४ वटा कोल्डस्टोर छन् । यी कोल्डस्टोरको क्षमता जिल्लाभरको आलु भण्डार गर्न सक्ने छ । तर ती सबै कोल्डस्टोरको तापक्रम बीउ आलु भण्डार गर्ने खालको मात्रै रहेको आलु सुपरजोनका प्रमुख पौडेलले बताए । बीउको आलु र दैनिक उपभोग गर्ने आलुको स्टोर गर्ने ठाउँ छुट्टा छुट्टै तापक्रमको हुनुपर्छ । बीउको आलु ४ देखि ६ डिग्रिसेल्सियसमा राख्नुपर्छ ।

भण्डार गरेर बेसिजनमा बजार पठाउँदा किसानले मूल्य राम्रै पाउँछन् । तर कोल्डस्टोरले लिने शुल्क निकै महँगो भएको किसानहरुले गुनासो गर्ने गरेका छन् । अहिले भइरहेका कोल्डस्टोरमा पनि खाने आलु राख्न नमिल्ने भन्ने त होइन । तर सुगर र ग्लुकोजको मात्रा बढी हुने पौडेलले बताए । खाने आलुलाई १० डिग्रीभन्दा बढी तापक्रममा राख्नुपर्ने हुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार नगदेबाली मार्फत बार्षिक ५ अर्ब रुपैयाँ भित्र्ने गरेको छ । ९ हजार ६९९ हेक्टर क्षेत्रफल जमिनमा १ लाख ६२ हजार ७८४ मेक्ट्रिटन ताजा तरकारी उत्पादन हुन्छ ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ११ : २९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै