२०८३, १९ बैशाख आईतबार

धुलिखेल नगरपालिकाले भोली ३४ औँ स्थापना मनाउँदै (यस्ता छन् कार्यक्रम)

धुलिखेल नगरपालिकाले भोली ३४ औँ स्थापना मनाउँदै (यस्ता छन् कार्यक्रम)


धुलिखेल ४ फागुन : जिल्लाको एक उत्कृष्ट पर्यटकीय गन्तब्य बन्न सफल जिल्लाको दोस्रो नगरपालिकाको रुपमा स्थापित धुलिखेल नगरपालिकाले सोमबार आफ्नो ३४ औँ स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दिवस मनाइने नगरप्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिए । मेयर ब्याञ्जु नेतृत्वको धुलिखेल नगरपालिकाले पर्यटक लक्षित थुप्रै काम गरेको छ । वडामा वडामा पार्क बनिरहेका छन् । पर्यटकीय क्षेत्रमा निःशुल्क वाईफाईको ब्यवस्था गरिएको छ । मेयर ब्याञ्जुको कार्यकाल सकिदैँ गर्दा पार्क नै पार्कको नगरपालिका भनेर धुलिखेल चिनिने छ ।

एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । पार्किङलाई ब्यवस्थित गराउने प्रयास भइरहेको छ । भित्री सडक समेत पिच भइरहेका छन् । स्थानीय सरकारको अनुभुती हुने गरी नगरपालिकाले घरदैलो मै पुगेर सेवा दिदैँ आएको छ । सिँगो नगरपालिकालाई बहिलो बनाउन वडाध्यक्षहरुको हात सबैभन्दा ठूलो हुन्छ । वडाध्यक्षहरु पनि विकास निर्माणमा तीब्र प्रतिस्पर्धा गरिरहेका छन् । नगरपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा चुस्त र सहज बनाउन पालिकाले सकेसम्मको उपाय अपनाइरहेको छ । ऐन, नियम र कानुन ब्यापक छलफल पछि मात्रै पारित हुदैँ आएको छ ।

धुलिखेल नगरपालिका एक प्रविधि युक्त नगरपालिका बनेको छ । विश्वको धेरै नगरपालिकासँग भगेनी सम्बन्ध स्थापना गरेर ज्ञान र सीप आदान–प्रदान गर्न पनि धुलिखेल नगरपालिका निकै अगाडी देखिन्छ । सिँगो जिल्लालाई नै विकास निर्माण र सुशासनमा मार्गदर्शन दिदैँ आएको नगरपालिकाले हरेक वर्षको स्थापना दिवस विशेष हर्ष र उल्लासका साथ मनाउँदै आएको छ । दिवसका अवसरमा भोली पालिकाले वडा कार्यालय, सेवा केन्द्रहरु बन्द रहने जनाएको छ ।

यस्तो छन् कार्यक्रम
१.बिहान ९ बजे बाजागाजा र झाँकी सहित सरस्वती पार्कबाट र्याली निस्कनेछ ।

२.प्रधानमन्त्री केपी शर्मा ओली वडा ८ काभ्रेभञ्ज्याङमा निर्माण भएको स्वर्गीय मदनभण्डारीको शालिक अनावरण गर्नु जानुहुनेछ र पार्क उद्घाटन गर्नुहुनेछ ।

३.नगरपालिकाको प्राङ्गणमा बार्षिक सभा सुरु हुनेछ ।

४.सभामा धुलिखेल रत्न, धुलिखेल नक्षत्र, पुर्व जनप्रतिनिधि, समाजसेवा (ख), जनसेवा (ख) अन्तर्गत धुलिखेल नगरपालिकालाई सहयोग गर्ने विभिन्न ब्यक्तित्व सम्मानित हुनेछन् ।

५.प्रधानमन्त्री केपी शार्मा ओलीले बार्षिकसभालाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : २०७६, ४ फाल्गुन आईतबार  ६ : ५४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा