२०८३, ३० असार बुधबार

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्षद्वारा वेथीतीको अस्वीकार

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्षद्वारा वेथीतीको अस्वीकार


धुलिखेल, २८ माघः धुलिखेल उद्योग वाणिज्य संघको चुनाव नजिकिदै गर्दा वर्तमान अध्यक्ष मञ्जुकुमार कोजुलाई रातारात फर्जी सदस्य बनाएको आरोप लागेको छ । मञ्जु कुमार कोजुले उद्योग वाणिज्य संघका कर्मचारी र पधाधिकारीको मिलेमतोमा रातारात तीन सयको हाराहारीमा नयाँ व्यवसायीको फर्म दर्ता गरेको खबर सार्वजनिक भएको हो । यसका साथै संघमा आवद्ध रहेका पुराना सदस्यको नवीकरण थपेको खबर समेत सार्वजनिक भएको छ ।

उता अध्यक्ष कोंजूले आफूबाट संस्थालाई अहित हुने त्यस्तो गम्भीर कमजोरी नभएको र नवीकरण तथा नयाँ सदस्यता वितरण संघको नियमित काम भएको बताएका छन् । कोंजूले संघबाट सदस्यताका लागि खुल्ला आव्हान गरेसँगै नयाँ सदस्यता र पुरानो सदस्यता नवीकरणका लागि भीड लागेको दावी गरे । संघले हरेक वर्षको सदस्यता नवीकरण गर्दा ५ सय शुल्क लिने गरेको छ । संघमा संकलन भएको रकमको सुरक्षाका लागि साथीहरुको सहमतिमा नै कर्मचारीले जिम्मा लिन नसक्ने भएकाले चेकबाट जम्मा गरिएको उनले बताए ।

मञ्जु कुमार कोजुमाथि कुनै पनि व्यवसाय नगरेका आफु निकट नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई सदस्य बनाएको आरोप समेत लागेको छ । कोंजूले आपूmलाई काँग्रेस धुलिखेलको नेताको रुपमा चिनाए पनि उनलाई अघिल्लो निर्वाचनमा भने काग्रेँस धुलिखेल नगर समितिले नै असहयोग गरेको थियो । कोंजूले खबरघरसँग आफू कुनै पार्टीसँग निकट रहे पनि अहिलेसम्म आफ्नै बल र बुँताले चल्दै आएको बताएका छन् । कोही कसैले आफ्नो कार्यकर्ता त भन्लान तर आफूले कसैलाई पनि त्यस्तो नभनेको र आफ्नो कार्यकालमा कुनै भेदभाव नगरी काम गरेको उनको दावी छ । यसअघि उनी पूर्व एमाले र पूर्व माओवादी सम्बद्ध ब्यवासयीहरुको सहयोगबाटै अध्यक्षमा निर्वाचित भएका थिए । ‘मैले पदको लोभले भन्दा पनि साथीहरुको सहयोग भए अर्को कार्यकाल काम गर्ने चाहना राखेको हुँ,’ उनले भने, ‘संस्थालाई धारासायी बनाएर मलाई अध्यक्ष बन्नु पनि छैन ।’ उनी अहिले पनि काँग्रेस प्यालनबाटै अध्यक्षको प्रत्यासी बनेका छन् ।

यसैबीच निर्वाचनमा मञ्जुलाई सहयोग गर्न नेपाली काँग्रेस काभ्रेले आपूm समर्थित ब्यवसायीहरुलाई ह्वीप नै जारी गरेको पाइएको छ । मञ्जु कुमार कोजुले फर्जी सदस्य बनाउनका लागि उद्योग वाणिज्य संघ धुलिखेलको नाममा आफ्नो छोरा मनिष कोजुको नामबाट एकमुष्ट ४ लाख ११ हजारको चेक बैंकमा दाखिला गरेको स्रोतले जनाएको छ । सो चेक उद्योग वाणिज्य संघको नामबाट २०७६ साल माघ १७ गते शुक्रबार बैंक बन्द हुने अन्तिम समयमा दाखिला भएको पाइएको हो ।

त्यस दिन संघका कार्यालय सचिव कार्यालय आएका थिएनन् । तर पनि कार्यालय सचिव र अध्यक्ष मञ्जु कुमार कोजु मिलेर कार्यालयको छाप समेत दुरुपयोग गरेको भेटिएको छ ।

प्रकाशित मिति : २०७६, २८ माघ मंगलबार  ८ : ५७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै