२०८२, १२ फाल्गुन मंगलबार

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात निर्यात ठप्प

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आयात निर्यात ठप्प


धुलिखेल, २६ माघः चीनमा फैलिएको कोरोनाभाइरका कारण उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट आयात निर्यात ठप्प भएको छ । माघ १७ गतेदेखि नाका बन्द हुदाँ आयात निर्यात ठप्प भएको अध्यागमन कार्यालय तातोपानीका प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिए ।

नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने सबै प्रक्रिया बन्द रहेको उनले बताए । तातोपानी नाकाबाट मालबाहक कन्टेनर भ्यान मात्रै ओहोरदोहोर गर्थे । तर कोरोनाभाइरसको कारण देखाउँदै चिनियाँ पक्षले १५ दिनका लागि भन्दै नाका बन्द गरेकाे हो । भुकम्पका कारण बन्द रहेको तातोपानी नाका सञ्चालनमा आएदेखिनै मानिसको आवातजावात गर्न दिइएको थिएन । ‘तातोपानी नाका चाँहि पारवहन र ब्यापारका लागि मात्रै सुचारु गरिएको हो, त्यसैले यो नाकाबाट पर्यटकीय गतिविधि कुनै पनि हुदैँन् उनले भने ‘ब्यापार पारवहन पनि ठप्प छ ।’

नाका बन्द नहुदाँ तातोपानीबाट दैनिक ५०/६० वटा मालबाहक भ्यान ओहोरदोहोर गर्ने गरेका थिए । रसुवागढी नाकाबाट भने दैनिक सरदर १ सय भ्यानहरु वारपार गर्ने गरेका रसुवागढी नाका समेत हेर्ने जिम्मेवारी पाएका अध्यागमन प्रमुख काफ्लेले बताए । रसुवागढीबाट चिनियाँ पर्यटक समेत आउने गर्थे । तर अहिले यो नाका पनि बन्छ । केरुङमा ब्यापार ब्यवसाय गर्दै आएको करिब २ सय नेपाली ब्यापारी समेत नेपाल फर्किएका छन् । रसुवागढी नाकामा कोरोनाभाइरस, ल्होछार पर्व र सुख्खा पहिरोको कारण देखाइएको छ भने तातोपानी नाकामा कोरोनाभाइरसको मात्रै कारण देखाएर चिनियाँ पक्षले बन्द गरेको अध्यागमन प्रमुख काफ्लेले बताए ।‘नाका बन्द हुदाँ बोर्डर छेउछाउ ब्यापार ब्यवसाय निकै खस्किएको छ, उनले भने ‘बोर्डरमा अपनाउन सकिने जति सबै स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेका छौँ ।’

तातोपानी नाकामा माघ १२ गतेदेखि हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ । भोटेकोशी गाउँपालिकाको हेल्थ डेक्स सञ्चालनमा ल्याएको हो । एक जना अहेब र अनमी हेल्थ डेक्समा राखिएको पालिकाका स्वास्थ्य संयोजक भुपेन्द्रलाल श्रेष्ठले जानकारी दिए । स्वास्थ्य उपकर सहित बोर्डर नजिकै रहेको क्लब भवनमा डेक्स सञ्चालनमा ल्याइएको छ । ‘बोर्डरमै रहेको क्लब भवनमा हेल्थ डेक्स पालिकाले सञ्चालनमा ल्याएको हो, स्वास्थ्य संयोजक श्रेष्ठले भने ‘ज्वरो नाप्ने थर्ममिटर सहितको उपकरण राखेर अहेब र अनमीको टोली बस्ने गरेको छ ।’

प्रकाशित मिति : २०७६, २६ माघ आईतबार  २ : २८ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले