२०८३, १० असार बिहीबार

काभ्रेका ४ हजारभन्दा बढी लाभग्राही सम्झौता गर्नै आएनन

काभ्रेका ४ हजारभन्दा बढी लाभग्राही सम्झौता गर्नै आएनन


धुलिखेल, २३ माघः काभ्रेपलाञ्चोक जिल्लाका ४ हजार भन्दा बढी भुकम्पप्रभावित लाभग्राही अनुदान रकम सम्झौता गर्नै नआएको पाइएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पपछि जिल्लामा सर्वेक्षण भएर लाभग्राहि सूचीमा परेका मध्ये ४ हजार ३ सय ३६ अहिलेसम्म अनुदान सम्झौता गर्न नआएको धुलिखेल स्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार धुलिखेलमा गरेको एक कार्यक्रममा कार्यालयका निमित्त प्रमुख गणेश घिमिरेले जानकारी दिदैँ सबैभन्दा बढी पाँचखाल नगरपालिकाका ५ सय ७३ लाभग्राहि सम्झौता गर्न नआएको बताए । सबैभन्दा कम जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका ५२ जना लाभग्राहि सम्पर्कमा नआएको निमित्त प्रमुख घिमिरेले बताए । जिल्लामा ९८ हजार १९ घर सर्वेक्षण गरिएकोमा ८४ हजार ४ सय ७५ जना लाभग्राहि सूचीमा परेका थिए । सूचीमा परेका ४ हजार ३ सय ३६ सम्पर्कमा नआएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अहिलेसम्म सम्पर्कमा नआएका लाभग्राहिलाई सुचीबाट हटाउन पटक पटक जिल्लामा पत्रचार गरिसकेको छ । तर अहिलेसम्म निर्णय भने गरिनसकेको घिमिरेले बताए । प्राधिकरणले गत पुस मसान्तभित्र सम्झौता गर्न नआएका भुकम्पपीडितको नाम एक हप्ताभित्र पठाउन पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा रहेको जिल्ला सहजीकरण समितिले अहिलेसम्म सिफारिस नगरेपछि प्राधिकरणले ‘२४ घण्टे अल्टिमेटम’ दिन थालेको छ । सहजीकरण समितिमा प्रमुख जिल्ला अधिकारी र अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख सदस्य रहने ब्यवस्था छ ।

केन्द्रको पत्रचार अनुसार अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले लाभग्राहि सूचीमा परेका सबैको अवस्था पठाउन जिल्लाका १३ वाटै स्थानीय तहलाई पत्र काटेको थियो । तर स्थानीय तहबाट कुनै जानकारी नआएको घिमिरेले बताए । ‘हामीले जिल्लाको सबै स्थानीय तहलाई लाभग्राहिको विवरण पठाउन भनेका थियौँ, उनले भने ‘तर हालसम्म कुनै जानकारी नआएपछि सहजीकरण समितिको बैठक बसेर छिट्टै निर्णय लिन्छौँ ।’

जिल्लामा ७६ हजार ६ सय १६ जनाले पहिलो किस्ताको अनुदान सम्झौता गरेका छन् । त्यस्तै ५९ हजार ९ सय २० जनाले मात्रै दोस्रो किस्ताको रकम पाएको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख घिमिरेले बताए । हालसम्म ५० हजार ४ सय १४ जनाले मात्रै अन्तिम किस्ताको रकम लिएका छन् । अन्तिम किस्ताको रकम पाउनु भनेको घर निर्माण गरिसक्नु हो । त्यस्तै गुनासो दर्ता गरेका मध्ये पछिल्लो समय १ हजार ७१ जना लाभग्राहि थपिएका छन् । जिल्लाका ५२ जनाले स्वेच्छिक रुपमा अनुदान फिर्ता गरेका छन् भने दोहोरो सुविधा लिएका १ सय ६६ जनाको बैंक खाता मार्फत रकम फिर्ता लिइएको घिमिरेले बताए ।

निमित्त प्रमुख घिमिरेले दिएको जानकारी अनुसार पाँचखाल नगरपालिकाका ५७३, पनौती नगरपालिकाका ५०९, बनेपा नगरपालिकाका ५०५, नमोबुद्ध नगरपालिकाका ५०१, मण्डनदेउपुर नगरपालिकाका ४६३ र धुलिखेल नगरपालिकाका ४०० जना लाभग्राहि सम्पर्कमा विहीन छन् । त्यस्तै चौरीदेउराली गाउँपालिकाका ३९९, रोशी गाउँपालिकाका २७४, भुम्लु गाउँपालिकाका २७१, तेमाल गाउँपालिकाका २२५, बेथानचोक गाउँपालिकाका १३२, खानीखोला गाउँपालिकाका ६२ र महाभारत गाउँपालिकाका ५२ जना लाभग्राहि पनि सम्पर्कमा आएका छैनन ।

प्रकाशित मिति : २०७६, २३ माघ बिहीबार  ३ : २० बजे

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल