२०८३, ३० भाद्र बुधबार

काभ्रेको पाँचखाल नगरपालिका पनि साक्षर घोषणा

काभ्रेको पाँचखाल नगरपालिका पनि साक्षर घोषणा


धुलिखेल, १३ माघः काभ्रेको पाँचखाल नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई साक्षर घोषणा गरिएको हो । नगरमा १६ देखि ६० बर्ष उमेर समूहको साक्षरता ९५.४३ प्रतिशत पुगेकोले साक्षर नगर घोषणा गरिएको पाँचखाल नगरका प्रमुख महेश खरेलले दिए । साक्षर पालिकाको प्रमाणपत्र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले हस्तान्तरण गरेका थिए ।

जिल्लाको १३ वटा स्थानीय तह मध्ये अब रोशी र चौरी देउराली गाँउपालिका मात्रै साक्षर घोषणा हुन बाँकी छन । यस अघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका माहाभारत, तेमाल, बेथानचोक, भुम्लु र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् ।

जिल्लालाई नै माघ २० भित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी भए पनि सबै पालिका साक्षर नभएकाले पूर्वनिर्धारित योजना अलि पछिसरेको जिल्ला समन्वय समितिका प्रमुख केसीले बताए ।

यसैबीच रोशी गाउँपालिकाले यहि बुधबारभित्र साक्षरता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । पालिकाले १६ वटा माध्यामिक विद्यालय, ४ वटा सामुदायिक सिकाई केन्द्र र सबै बालविकास केन्द्रलाई साक्षरता विवरण पठाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : २०७६, १३ माघ सोमबार  ६ : ११ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक