२०८३, ३० असार बुधबार

काभ्रे जिल्ला दुग्धउत्पादक सहकारी संघको नेतृत्वमा नारायण बडाल

काभ्रे जिल्ला दुग्धउत्पादक सहकारी संघको नेतृत्वमा नारायण बडाल


धुलिखेल, २९ पुस काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा नारायणप्रसाद बडाल चयन हुनुभएको छ । संघको ११ औं बार्षिक साधारणसभाले बडालको अध्यक्षतामा ९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लिला नेपाल र सदस्यहरुमा शिवप्रसाद ढकाल, दीपक ढोडारी, रत्नकुमार ठकुरी, शिवहरी लामिछाने, दीपक नेपाल र रविन्द्र बञ्जरा निर्बिरोध निर्बाचित भएका छन । जिल्ला सहकारी संघका सचिव दिलिप शर्मा निर्बाचन अधिकृत रहनु निर्वाचन समितिले लेखा सुपरिवेक्षण समितिको संयोजकमा रघुनाथ गौतम, सदस्यहरुमा देवीप्रसाद तिमल्सिना र माधव प्रसाद गौतम निर्बिरोध निर्बाचत गरेको हो ।

केन्द्रिय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका सचिव टिकाबल्दभ सापकोटाले जिल्लामा रहेका करिव ३ सय सहकारी संस्थाहरुलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन नयाँ समितिले काम गर्ने बताए । जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध रहेका ९२ वटा सहकारी संस्थाहरुलाई जिल्ला सहकारी संघ लि. मा आबद्ध हुन समेत आग्रह गरे ।

प्रकाशित मिति : २०७६, २९ पुस मंगलबार  ९ : ३६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै