२०८२, १२ फाल्गुन मंगलबार

काभ्रेको च्यासिङ्खर्क माझटोलमा पुग्यो मोटरबाटो, स्थानीयलाई सजिलो

काभ्रेको च्यासिङ्खर्क माझटोलमा पुग्यो मोटरबाटो, स्थानीयलाई सजिलो


धुलिखेल, २५ पुसः जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्खर्क, माझटोलमा मोटरबाटो पुगेको छ । मोटरबाटो नहुदाँ लामोसमय स्थानीयले सास्ती खेप्दै आइरहेका थिए । तर अहिले मोटरबाटो पुगेपछि भने सहज भएको छ । पहिला गोरेटो बाटो मात्रै भएको ठाउँमा अहिले मोटर गुड्ने सडक बनेको छ ।

वडा सदस्य सुकुलाल भ्लोन तामाङ्ले दिएको जानकारी अनुसार वडा कार्यालयको ९० हजार आर्थिक सहयोगमा करिब १ किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । घर आगनमै मोटरबाटो पुगेपछि स्थानीय खुसीले गदगद भएको पदम बहादुर भ्लोनले बताए । ‘यस्तो गाउँको टोलटोलमा बाटो आाउँला भनेर सोचेको थिइँन’, पदमले खुसी हुँदै भने, ’अहिले टोलटोलमा मोटरबाटो पुग्दा निकै निकै सजिलो भएको छ, जनप्रतिनिधि आएपछि विकास निर्माणले अर्को गति लिएको छ ।’

कृषिजन्य बस्तुले बजार भाउ पायो
माझटोलसम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ । भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो । यसपालि किसानले विगतको तुलनामा राम्रो मूल्य पाएको स्थानिय नानीबाबू तामाङले बताए ।

गाउँमै उत्पादित कृषिजन्य वस्तु खोपासी, पनौती, बनेपा लगायतको बजारमा पठाउन सजिलो भएको छ । आफु उत्पादन गरेको अन्न, तपरकारी बिक्रीका लागि बोकेर लैजानुपर्ने बाध्यता हटेको हो ।

घर पुनः निर्माणमा सहज
काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्खर्कमा मोटरबाटो मर्मत सुधार कार्यलाई तीव्रता दिइएको छ । लामो समयदेखी अबरुद्ध रहेका ग्रामीण सडकलाई वडा कार्यलयको आर्थिक सहयोगमा मर्मत सुधार कार्यलाई तिब्र पारिएको हो ।

वडा सदस्य सुकुलाल भ्लोन तामाङका अनुसार च्यासिङखर्क स्वास्थ चौकी भवन देखि गोले टोल हुँदै बेतिनीखोला पटगाउबेसि जोडने मोटरबाटो मर्मत भइसकेको छ । वडा कार्यालयको आर्थिक सहयोग, जनप्रतिनिधिहरुको सक्रियतामा मोटरबाटो निर्माण तथा मर्मत कार्य भएको हो । १ लाख ३५ हजार आर्थिक सहयोगमा स्वस्था चौकी वाइबाडाँडा देखि मर्मत तथा ग्रभेलको काम भैरहेको छ ।

बाटो मर्मत भएपछी भुकम्पपीडितलाई नयाँ घर बनाउन सहज भएको छ । सडक अबरुद्धका कारण पुन निर्माणका लागि सामान दुवानी गर्न समस्या झेली रहेका गोलेटोल बासीलाई सडक मर्मतभएपछि सहज भएको हो । गोलेटोलकि माइली माया तामाङ भन्छिन, बोकेर ल्याउन ज्याला तिरेर साध्य छैन, सामान दुवानी गर्न निकै समस्या समस्या थियो, अब सजिलो हुने भयो । उनी मात्रै होइन सोही गाउँका अधिकांस भुकम्प पीडितलाई सामान दुवानीमा सहज भएको छ ।

वडा अध्यक्ष खजेन्ची लामाले आफ्नो वडामा बिकास निर्माणको काम निकै तीब्र गतिमा भइरहेको बताए । ‘गाउँको बिकाससँगसँगै प्रत्येक गाउँ र टोलटोलमा मोटरबाटो पुर्याउने योजना अनुरुप काम भइरहेको छ, किनकि गाउँका दाजुभाई दिदीबहिनी बिरामी पर्दा समयमै अस्पताल पुर्याउन नपाउँदा कसैको पनि अकालमा ज्यान नजाओस ।’

प्रकाशित मिति : २०७६, २५ पुस शुक्रबार  १ : ३० बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले