२०८३, १० असार बिहीबार

धुलिखेलमा सुनकोशीको चिन्ता: दोलालघाटका माझी बस्ती संकटमा, जनप्रतिनिधि ‘सिंह’ ! (भिडियो सहित)

धुलिखेलमा सुनकोशीको चिन्ता: दोलालघाटका माझी बस्ती संकटमा, जनप्रतिनिधि ‘सिंह’ ! (भिडियो सहित)


धुलिखेल, १३ पुसः जिल्लाका सरोकारवालाहरुले सुनकोशी नदीको दोहन भइरहेको भन्दै जोगाउन आग्रह गरेका छन् । आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले धुलिखेलमा आयोजना गरेको विकास निर्माणमा नागरिक समाज र सञ्चार जगतको भूमिका विषय छलफल कार्यक्रममा सहभागि भएका पत्रकाहरुले विकासको नमूना हेर्न सुनकोशी बगरमा जान जिल्लाका सरोकारवाला निकायको ध्यानाकषर्ण गराए ।

कर बढी संकलन गर्ने उद्देश्यले स्थानीय तहहरुले मनलाग्दो तबरले नदीमा ठेक्का लगाएको र ठेक्केदारले ज्यादती पूर्ण तरिकारले बालुवा उत्खनन गरेको भूम्लुका क्रान्ति दोङले बताए । उनका अनुसार स्थानीय तहकै आडमा ठेकेदारले बस्ती नै सखाब पार्न लागेका छन् । बालुवा उत्खननले दोलालघाट स्थित सुनकोशी नदी किनार आसपास रहेका माझी समुदायका बस्ती संकटमा परेका छन । नदीमा दैनिक डोजर चल्छ ।

हेर्नोस भिडियो

अनुगमनका लागि धुलिखेलबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रहरी लगायतका टोली बेला बेला नदी किनारमा पुग्छन । उनीहरु नपुग्दै बालुवा उत्खननमा सक्रिय माफियाहरुले डोजर अन्यत्रै लुकाउँछन । अनुगमन टोली देखे नदेखे जस्तै गरी फर्कन्छ । जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतमले अनुगमनमा जाँदा नदीको अवस्था देखेरले दया लागेको बताइन । ‘गर्न नहुने काम समेत नदीमा भएको छ, उनले भनिन ‘कर संकलनको नाममा प्राकृतिक स्रोत साधन माथिको दोहन कसरी सहने ?

सुनकोशी नदीमा धेरै जसो ठेक्का जनप्रतिनिधिकै भाइभतिजा र आफन्तले पाएका छन । बाँकी राजनीतिक आडमा ठेक्का लिएर नदीलाई छियाछिया पारिरहेका छन । जनप्रतिनिधि आफै ‘सिंह हुँ’ भने झै गर्छन । प्रहरी पैसामा बिग्छ । सोझा माझी समुदायका बोलिदिने कोहि छैनन ।

बालुवा उत्खनन पछि माछा मार्ने माझी समुदायको पेसा नै लोप भएको छ । नदीको बहानै परिवर्तन हुने गरी बालुवा उत्खनन भएपछि नदीमा माछा पनि पाइन छाडेको छ । क्रसर उद्योगबाट निस्केको धमिलो पानीका कारण पशुचौपाय समेत जोखिममा परेको स्थानीयको भनाई छ । सुनकोशी नदी काभ्रेको भूम्लु, पाँचखाल, तेमाल र चौरीदेउराली गाउँपालिका छुदै बग्छ । त्यहाँ स्थानीय सरकारको रामराज्य छ । ठेकेदार मोटाइरहेका छन । वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनको धज्जी उडाएर बालुवा उत्खनन भइरहेको छ । कतिपय ठाउँमा स्थानीयको अनुमति समेत नदिएको पाइएको छ ।

प्रकाशित मिति : २०७६, १३ पुस आईतबार  २ : ११ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा