२०८३, २० आश्विन बुधबार

खानीखोला गाउँपालिकाको सबै वडामा पुग्यो सडक

खानीखोला गाउँपालिकाको सबै वडामा पुग्यो सडक


  • रवि धिताल

धुलिखेल, २ पुसः काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको सबै वडामा सडक पुगेको छ । सडक पूर्वाधारको हिसाबले निकै पछि परेको यो क्षेत्रमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि सडक विस्तारको कामलाई पहिलो प्राथमिकतामा राखेका थिए । फलस्वरु खानीखोला गाउँपालिका वडा नम्बर ६ साल्धाराको वडा कार्यालय देउरालीसम्म बस गुड्ने थालेको हो ।

महाभारत क्षेत्र अन्तर्गत पर्ने ठूल ठूला पहाड काट्टै सडक पुर्याउन जनप्रतिनिधि र स्थानीय सफल भएका हुन् । हुन त डाँडापारी क्षेत्रमा पुग्ने सडकको काम जनप्रतिनिधि आउनु अघि पनि भएका थिए । तर त्यत्ति बेलाको सडक विभिन्न राजनीतिक दलहरुले पैसा कमाउने माध्यम बनाउँदै आएका थिए । अहिले पछिल्लो समय जनप्रतिनिधिको निगरानीले काम द्रुत गतिमा भइरहेको छ । साल्धाराको देउरालीमा सडक पुगेपछि खानी खोला गाउँपालिकाको सात वटै वडामा सडक पुगेको छ । तर पालिकाको केन्द्र र वडा कार्यालयको केन्द्र भने सडक सञ्जालमा अझै जोडिन सकेका छैनन् ।

पनौती च्याल्टी दयागाउ महादेबटार देउराली बास्पुर सडक विस्तारका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७४ मा ५० लाख विनियोजन गरेको थियो । त्यस्तै गाउँपालिकाले आर्थिक ७५ मा ४० लाख, २०७६ मा ३० लाख छुट्याएको थियो । कृषि ज्ञान केन्द्र काभ्रेले यो सडक निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यस्तै संघीय सांसद गंगा बहादुर दोङ (बमध्वज) को क्षेत्रविकास कार्यक्रम अन्तर्गत ५० लाख बजेट विनियोजन भएको छ । देउरालीसम्म सडक पुर्याउन संविधान सभाका सभासद अक्कल बहादुर थिङ र राम हरि सुवेदीले समेत सहयोग गरेका थिए ।

१० किलोमिटर सडक खनेर बस वडाको केन्द्रसम्म पुर्याएको पालिकाका प्रवक्ता समेत हनुभएका वडा नम्बर ६ का वडाध्यक्ष मान बहादुर गोलेले जानकारी दिए । अहिले पनौतिबाट दैनिक एउटा बस विहान साढे ८ बजे क्यूमा छुट्ने ब्यवस्था मिलाइएको छ । देउरालीबाट पनौतीका लागि भने विहान ९ बजे छुट्ने गरेको वडाध्यक्ष गोलेले बताए ।

पनौतीबाट ५० किलोमिटर टाढा खानीखोलाको केन्द्र पुग्न एक, दुई दिन हिड्नु पथ्र्यौ । बिरामी, बृद्धबृद्धा र बालबालिकालाई हिड्न निकै मुस्किल पथ्र्यो । अहिले साढे चार घण्टामा पुगिन्छ । ‘हिउँदमा बस गुड्न कुनै समस्या छैन, वडाध्यक्ष गोलेले भने बर्खालाई चाँहि केहि समस्या हुन्छ, त्यसका लागि पनि हामी पूर्व तयारी गरिरहेका छौँ ।’

सडक सुविधा नभएकै कारण धेरैले गाउँ छाडिसकेका थिए । कतिपयले अस्पतालको मुख नै देख्न नपाई मृत्युवरण समेत गरे । तर अहिले सडकमा मोटर गुड्न थालेपछि स्थानीय पनि खुशी छन् । यो भेगमा खुवा राम्रो उत्पादन हुन्छ । पहिला बोकेर खुवा ल्याउनु पथ्र्यो भने अब गाडीमा सहर आइपुग्छ ।

सडक नभएकै कारण २०७२ बैशाख १२ को भूकम्पपछि उद्दार र राहत वितरणमा पनि यो क्षेत्र निकै पछि पर्यो । हेलिकप्टरबाट राहत सामग्री पुर्याइएको थियो । खानीखोलाका सबै मिले र सडक पुर्याए । अब यसलाई बाह्रै महिना सवारी साधन गुड्न सक्ने बनाउन तर्फ सबैको ध्यान जानुपर्छ ।

प्रकाशित मिति : २०७६, २ पुस बुधबार  ९ : ४९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय