२०८३, ३१ असार बिहीबार

मेरो गाउँपालिकालाई जिल्लाकै पहिलो महिला हिंसामुक्त बनाउने योजना बनाएको छु ।

मेरो गाउँपालिकालाई जिल्लाकै पहिलो महिला हिंसामुक्त बनाउने योजना बनाएको छु ।


रुक्मेणी गुरुङ, उपाध्यक्ष खानीखोला गाउँपालिका

० गाउँ सभा सम्पन्न भएको छ, तपाईको गाउँसभाले के कस्ता योजनालाई प्राथमिकतामा राखेको छ ?
– गत असारको २९ गते हाम्रो गाउँसभालाई हामीले सम्पन्न ग¥यौं । यो आर्थिक वर्षका लागि विशेष गरी सडक, शिक्षा र स्वास्थ्यका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

० तपाई महिला हुनुहुन्छ, महिलाको क्षेत्रमा चाहिं के कस्तो योजनाहरु गाउँसभाले पारित गरेको छ ?
– हामीले महिलाको नेतृत्व विकास तथा सीपमुलक तालिमहरु सञ्चालन गर्नका लागि ५ लाख र अल्पसंख्यक महिलाहरुका लागि १० लाख रकम विनियोजन गरेका छौं ।

० गत वर्ष महिलका लागि के– कस्ता योजना थिए, ती कतिको कार्यान्वयन भएका थिए ?
– गत वर्ष महिला र बालबालिकाको लागि १७ लाख बजेटको व्यवस्था गरिएको थियो । त्यसमध्ये गाउँपालिकाभित्र रहेका न्युन आर्थिक अवस्था भएका महिलाहरुको छनौट गरी केहीलाई सिलाई कटाई सम्बन्धी तालिम, मुडा बनाउने सीप लगायतका कार्यक्रमहरु सञ्चालित भएका थिए भने गाउँपालिका भरीका न्युन आय अवस्था भएका बालबालिकाका लागि अध्ययनमा सहयोग पु¥याउन स्टेशनरी वितरण गरिएको थियो । त्यसैगरी गाउँपालिका भित्र रहेका दलित महिलाहरुको हितमा आरन सुधार कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

० तपाई न्यायिक समितिको संयोजक हुनुहुन्छ, यो गठन कसरी भयो ?
– मेरो संयोजकत्वमा जम्मा तीनजना सदस्य रहने गरी एक न्यायिक समिति गठन भएको छ । जसलाई गत हिउँदेसभाले अनुमोदन ग¥यो । यसका सदस्यहरुमा वडा नं. ५ का वडाअध्यक्ष दुर्गा तिमल्सिना र वडा नं. ६ का वडाअध्यक्ष मानबहादुर गोले यस समितिका सदस्य हुनुहुन्छ ।

० अहिलेसम्म यो समितिका कामहरु कसरी सम्पादन भएका छन् ?
– गाउँपालिकाभित्र हुने गरेको जुनसुकै झै–झगडा र मुद्दाहरु न्यायिक समिति मार्फत पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने गरी न्याय सम्पादन गर्ने गरिएको छ ।

० विशेष गरी तपाईको गाउँपालिकामा कस्ता मुद्दाहरु दर्ता हुने गरेका छन् ?
– खासगरी अंशबंडा, सम्बन्ध विच्छेद, श्रीमान र श्रीमतीका बीचमा हुने झै–झगडा, कुटपीट लगायतका मुद्दाहरु बढी दर्ता हुने गरेका छन् ।

० गाउँपालिकाभित्र महिला हिंसाको अवस्था के–कस्तो पाउनु भएको छ ?
– हाम्रो गाउँपालिका काभ्रेको पनि दुर्गम क्षेत्रमा पर्छ । त्यसमा पनि जनजातिहरुको बाहुल्य बसोबास भएकोले गर्दा मादक पदार्थ सेवन गरी महिलाहरुमाथि कुटपीट, दुव्र्यवहार र यातना दिने तथा बालविवाह समेत प्रशस्त हुने गरेको पाइएको छ । महिलाहरु शैक्षिक हिसाबले पनि पछाडि परेकाले घरभित्रकै काममा उनीहरु सीमित रहँने गरेको अवस्था विद्यमान छ । यसले गर्दा उनीहरु देखिएर आफूमाथि भएको हिंसाको प्रतिवाद पनि गर्न नसकेकाले पनि हाम्रो गाउँपालिकामा महिला हिंसा बढी भएको अनुभूति मैले गरेकी छु ।

यसलाई न्यूनीकरण गर्न र महिलाहरुको अवस्थालाई सुधार गरी सक्षम बनाउन के–कस्ता योजना बनाइएको छ ?
– हिंसामा परेका महिलाहरुलाई हामीले सशक्तीकरण गर्ने र त्यस्ता पीडामा परेका महिलाहरुलाई विभिन्न सीपमुलक तालिमहरु जस्तै व्यवसायिक पशुपालन, बाख्रापालन, अम्रिसो खेती, कफी खेती, फलफूल खेती, कुखुरापालन जस्ता आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने योजना हामीले बनाएका छौं । यसबाट उनीहरुलाई हिंसामुक्त बनाउनेछ भन्ने हामीले सोचेका छौं । यसबाट उनीहरु आफै सक्षम हुनेछन् र जीविकाका लागि अरुमा निर्भर हुनुपर्ने अवस्था नभएपछि हिंसा सहेर बस्नु पर्ने बाध्यता रहँदैन ।

० महिलालाई उपाध्यक्ष जस्तो महत्वपूर्ण पदमा बसेर काम गर्न कत्तिको सहज छ ? तपाईको कार्यपालिकाले के–कस्तो सहयोग गरेको छ ?
– बाहिरबाट सोचेको जस्तो महत्वपूर्ण पदमा बसेर काम गर्न त किन सजिलो हुन्थ्यो र † हुन त हाम्रो समाज पनि पितृसतात्मक सोचबाट प्राभावित भएकाले पनि महिलाहरुलाई कम विश्वास गर्ने प्रचलन छ । संविधानले गाउँपालिकाको उपाध्यक्षलाई व्यावस्था गरेका अधिकारहरु पूर्णरुपमा प्रयोगमा ल्याउने भने अलि समय लाग्छ भन्ने अनुभूति मैले गरेकी छु । मैले माथि पनि भने महिलाहरुलाई हाम्रो समाजे छिट्टै नपत्याउने अवस्था छ । त्यसैले पनि कतिपय अनिवार्य रुपमा सहभागीता पाउनु पर्ने गतिविधिबाट देशभरका महिला जनप्रतिनिधीहरु बञ्चित हुने गरेका छन् । यो हाम्रो परिवारबाटै शुरु हुने र त्यो माथिल्लो पदसम्म पुग्ने गरेको छ । समाज यही हो आखिर हाम्रो खानीखोला गाउँपालिका पनि त्यसबाट टाढा छैन ।

० अन्त्यमा तपाईको केही भन्न बाँकी छ कि ?
– अझै काम गर्ने समय ४ वर्ष बाँकी छ । विशेषगरी खानीखोला गाउँपालिका भित्र रहेका महिलाहरुको अवस्थालाई सुधार ल्याउनका लागि पितृसत्तात्मक सोचाईमा परिवर्तन ल्याउने गरी जनचेतनामुलक कार्यक्रमहरु प्रत्येक वडामा सञ्चालन गर्ने, उनीहरुको आर्थिक अवस्था सुदृढ बनाउनका लागि आवश्यकताको पहिचान गरी सीपमुलक तालिमहरु, आयआर्जनमुलक क्रियाकलापमार्फत उनीहरुलाई सक्षम बनाउने योजना रहेको छ । तत्कालै महिला उद्यमीहरुका लागि कोशेलीघर निर्माण गरी उनीहरुको व्यवसायिक कार्यलाई प्रोत्साहित गराउने योजनालाई पनि आफूले प्राथमिकतामा राखेकी छु । अबको ४ वर्षभित्रमा खानीखोला गाउँपालिकाका महिलाहरु हिंसामुक्त बनाउने सपना देखेकी छु ।
–सजना आचार्य

प्रकाशित मिति : २०७५, १६ श्रावण बुधबार  ६ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित