२०८३, १३ कार्तिक शुक्रबार

तेमालका सबै अपाङ्गता ब्यक्तिको हातमा परिचय पत्र, प्रवक्ता भन्छन् ‘तेमाल विकासमा सबैले हातेमालो गरौं’

तेमालका सबै अपाङ्गता ब्यक्तिको हातमा परिचय पत्र, प्रवक्ता भन्छन् ‘तेमाल विकासमा सबैले हातेमालो गरौं’


धुलिखेल १ मंसीर : काभ्रेको तेमाल गाउँपालिकाका सबै अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाएका छन । परिचयपत्र वितरणका लागि गाउँपालिकाले वडा नं १ बाट अभियान नै सुरु गरेको थियो ।

अभियान शुक्रबार वडा नं ७ मा आएर सकिएको छ । वडा नंम्बर ७ मा भएको कार्यक्रममा १४ जना अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र बितरण गरिएको छ ।

कार्यक्रममा ‘ख’ वर्गका १२ , ‘ग’ वर्गको १ र ‘घ’ वर्गको १ गरी जम्मा १४ जनालाई वितरण गरिएको तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष ज्ञानबहादुर तामाङले गाउँपालिकाको यो अभियानमा साथ र सहयोग गर्नुहुने वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्ष, जनप्रतिनिधी र कर्मचारी सबैलाई धन्यवाद व्यक्त गर्दै तेमाल विकासमा सबैको हातेमालो आवश्यकता रहेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले घरदैलो गरी गाउँमै अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज होस भनेर परिचय पत्र लिएर आएको बताइन।धुलिखेल गएर परिचयपत्र बनाउने परिपाटीको अन्त्य भएको छ, उनले भनिन् ‘शरीरिक रूपमा अशक्त भएका ब्यक्तिलाई सजिलो होस भनेरै हामी घर घर पुगेका हौ, परिचयपत्र आउनु उहाँहरूको अधिकार पनि हो ।’ उपाध्यक्ष तामाङका अनुसार गाउँपालिका भित्र ‘क’ वर्गका ८, ‘ख’ वर्गका ६९, ‘ग’ वर्गका ४६, र ‘घ’ वर्गका ३१ जना गरी जम्मा १५४ जनालाई परिचय पत्र वितरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेल,स्वास्थ्य संयोजक शिवहरी पाठक, डा. ज्ञानु तिमल्सिना, वडा सदस्य मिम लामा दोङ, फुलमाया दमाई, वडा सचिव अनिता श्रेष्ठ, तेमाल वडा नं ७ का स्वस्थ्य चौकी इन्चार्ज बिरेन्द्रकुमार शाह, उपाध्यक्ष भेषराज पाण्डे नेपाल रेडक्रस सोसाईटी तेमाल शाखाका प्रतिनिधी जयराम बस्नेत, अर्जुन दोङ लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०७६, १३ मंसिर शुक्रबार  ९ : २६ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल