२०८३, १८ बैशाख शनिबार

तेमालका सबै अपाङ्गता ब्यक्तिको हातमा परिचय पत्र, प्रवक्ता भन्छन् ‘तेमाल विकासमा सबैले हातेमालो गरौं’

तेमालका सबै अपाङ्गता ब्यक्तिको हातमा परिचय पत्र, प्रवक्ता भन्छन् ‘तेमाल विकासमा सबैले हातेमालो गरौं’


धुलिखेल १ मंसीर : काभ्रेको तेमाल गाउँपालिकाका सबै अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाएका छन । परिचयपत्र वितरणका लागि गाउँपालिकाले वडा नं १ बाट अभियान नै सुरु गरेको थियो ।

अभियान शुक्रबार वडा नं ७ मा आएर सकिएको छ । वडा नंम्बर ७ मा भएको कार्यक्रममा १४ जना अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र बितरण गरिएको छ ।

कार्यक्रममा ‘ख’ वर्गका १२ , ‘ग’ वर्गको १ र ‘घ’ वर्गको १ गरी जम्मा १४ जनालाई वितरण गरिएको तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

कार्यक्रममा तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष ज्ञानबहादुर तामाङले गाउँपालिकाको यो अभियानमा साथ र सहयोग गर्नुहुने वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्ष, जनप्रतिनिधी र कर्मचारी सबैलाई धन्यवाद व्यक्त गर्दै तेमाल विकासमा सबैको हातेमालो आवश्यकता रहेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले घरदैलो गरी गाउँमै अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज होस भनेर परिचय पत्र लिएर आएको बताइन।धुलिखेल गएर परिचयपत्र बनाउने परिपाटीको अन्त्य भएको छ, उनले भनिन् ‘शरीरिक रूपमा अशक्त भएका ब्यक्तिलाई सजिलो होस भनेरै हामी घर घर पुगेका हौ, परिचयपत्र आउनु उहाँहरूको अधिकार पनि हो ।’ उपाध्यक्ष तामाङका अनुसार गाउँपालिका भित्र ‘क’ वर्गका ८, ‘ख’ वर्गका ६९, ‘ग’ वर्गका ४६, र ‘घ’ वर्गका ३१ जना गरी जम्मा १५४ जनालाई परिचय पत्र वितरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइकेल,स्वास्थ्य संयोजक शिवहरी पाठक, डा. ज्ञानु तिमल्सिना, वडा सदस्य मिम लामा दोङ, फुलमाया दमाई, वडा सचिव अनिता श्रेष्ठ, तेमाल वडा नं ७ का स्वस्थ्य चौकी इन्चार्ज बिरेन्द्रकुमार शाह, उपाध्यक्ष भेषराज पाण्डे नेपाल रेडक्रस सोसाईटी तेमाल शाखाका प्रतिनिधी जयराम बस्नेत, अर्जुन दोङ लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०७६, १३ मंसिर शुक्रबार  ९ : २६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा