२०८२, २ माघ शुक्रबार

सिआइबीको टोली ग्राहक बनेर जाँदा…

सिआइबीको टोली ग्राहक बनेर जाँदा…


काठमाडौँ, १८ कात्तिक : विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० मा आयो । वन्यजन्तुको अङ्ग ९आखेटोपहार० को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो ।

कारोवारी पक्राउ गर्न सहज नहुने देखेपछि सिआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय ग¥यो । सोही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले काठमाडौँ बोलायो ।

सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भन्नुभयो, “उनीहरुलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौँ, उनीहरुको गतिविधि काभ्रेमा थियो, भेटौँ–हेरौँ अनि कुरा गरौँला भन्ने कुरा भो, त्यसपछि उनीहरु आए ।” सोही क्रममा चरीबाघको छालासहित काठमाडौँको सिनामङ्गलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षका सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको उहाँले बताउनुभयोे । प्रहरीले निजहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारवाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०७६, १८ कार्तिक सोमबार  ६ : ३१ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति