२०८३, ३० श्रावण आईतबार

सिआइबीको टोली ग्राहक बनेर जाँदा…

सिआइबीको टोली ग्राहक बनेर जाँदा…


काठमाडौँ, १८ कात्तिक : विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० मा आयो । वन्यजन्तुको अङ्ग ९आखेटोपहार० को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो ।

कारोवारी पक्राउ गर्न सहज नहुने देखेपछि सिआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय ग¥यो । सोही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले काठमाडौँ बोलायो ।

सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भन्नुभयो, “उनीहरुलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौँ, उनीहरुको गतिविधि काभ्रेमा थियो, भेटौँ–हेरौँ अनि कुरा गरौँला भन्ने कुरा भो, त्यसपछि उनीहरु आए ।” सोही क्रममा चरीबाघको छालासहित काठमाडौँको सिनामङ्गलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षका सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको उहाँले बताउनुभयोे । प्रहरीले निजहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारवाही गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०७६, १८ कार्तिक सोमबार  ६ : ३१ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन