२०८३, १० असार बिहीबार

काभ्रेको भकुण्डेमा रहेको विन्धवासिनी इट्टा उद्योगमा शिलबन्दी

काभ्रेको भकुण्डेमा रहेको विन्धवासिनी इट्टा उद्योगमा शिलबन्दी


काभ्रे, ३ कार्तिक । काभ्रेको नमोवुद्ध नगरपारपालिका वडा नं. ३ भकुण्डे बेशीमा रहेको विन्धवासिनी इट्टा उद्योगमामा आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले शिलबन्दी गरेको छ । गत शुक्रबार राजस्व कार्यालयले अनुगमन गर्ने क्रममा उद्योगले खराब कारोबार गरेको फेला पारेपछि छानवीनका लागि संकास्पद कागजातहरुको सुरक्षा गर्न शिलबन्दी गरिएको हो ।

भकुण्डेको बुच्चाकोटमा रहेको उक्त ईट्टा उद्योग लगातय अन्य सबै ७ वटा उद्योगलाई बन्द गर्न नमोवुद्ध नगरपालिकाले आधुनिक औजारको प्रयोग गरी केही समयअघि भत्काएको थियो । त्यसपछि अदालत गएका व्यवसायीहरुको पक्षमा हाल सर्वोच्च अदालतले फैसला दिएको छ । आन्तरिक राजस्व कार्यालय काभ्रेले उक्त ईट्टा उद्योगलाई पत्राचार गर्दै छानवीनका लागि पत्र प्राप्त भएको मितिले तीन दिनमा कार्यालयमा हाजिर हुन भनेको छ ।

कार्यालयले उद्योगसँग सम्बन्धित आवश्यक कागजातहरु आर्थिक वर्ष ०७६, ०७७ को खरिद, विक्री, मौजाद खाताहरु लगायत आवश्यक वीलहरु समेत लिएर आन्तरिक राजस्व कार्यालय धुलिखेल काभ्रेमा हाजिर हुन निर्देशिन गरेको छ । उक्त उद्योगलाई खरिद खाता, विक्री खता, मौजाद खता र वील सहित उपस्थित हुन जानकारी गराएका छौं, कार्यालयका एक प्रतिनिधिले भने, हामीलाई उद्योगले कर छली गरेको शंका छ ।

प्रकाशित मिति : २०७६, ३ कार्तिक आईतबार  ८ : १८ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा