२०८३, ९ भाद्र बुधबार

साढे ८ करोड जरिवानासहित खत्री जेल चलान

साढे ८ करोड जरिवानासहित खत्री जेल चलान


भक्तपुर, १ कात्तिक : अदालतले दोषी ठहर गरेपछि फरार रहेका सूर्यविनायक नगरपालिका–९ नलिन्चोकका प्रकाशराज खत्रीलाई आज नलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले नख्खु जेल चलान गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र रु आठ करोड ५० लाख जरिवानाको फैसला सुनाएपछि फरार रहेका खत्रीलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको थियो । पक्राउ परेका खत्रीलाई आजै नख्खु जेल चलान गरेको जिल्ला अदालत भक्तपुरका सूचना अधिकृत एवं तहसिलदार सघन अधिकारीले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले जाहेरी दिएको मृुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि फरार रहेका खत्रीलाई प्रहरीले पाँच वर्ष छ महिनामा पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले खत्रीले जरिवानाबापतको रकम नबुझाएपछि अदालतले जरिवानाबापत १० वर्ष कैद सजाय थप गरी कूल १३ वर्ष कैद भुक्तान गर्नेगरी कारागार चलान गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १ कार्तिक शुक्रबार  ७ : ५१ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा