२०८३, २० आश्विन बुधबार

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण

ऋणमा डुब्दै भूकम्पपीडित, बैंक र सहकारीले नपत्याएपछि गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण


काठमाडौं, असोज ३० : भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋणले पिरोल्न थालेको छ । सामग्री र कामदार अभावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ खर्चिएका छन् । ‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋण पनि लिइयो, अहिले कसरी तिर्ने भनेर आत्तिन थालेको छु,’ विकले भने । आभास अनुदानको दुई लाख लिँदासमेत घर बनाउन हम्मे परेको उनले सुनाए ।

दुई रोपनी खेतबारी मात्रै रहेका विक सिकर्मी काम गर्छन् । पत्नी, छोराछोरीसहित चार जनाको पारिवार पाल्नु छ । ‘नुनतेल, मरमसलामै मासिक ५ हजारभन्दा बढी खर्च हुन्छ, कमाएको रकम घरमै सकिन्छ, कसरी ऋण तिर्नु हजुर,’ उनले भने । भोटेकोसी–१, पाउँगुम्बाका कामी शेर्पा बैंक र सहकारीले नपत्याएपछि साहुसँग वार्षिक २४ प्रतिशत ब्याजदरमा चार लाख ऋण लिन बाध्य भए । यस्तै छ यहाँका भूकम्पपीडितहरुको अवस्था छ ।

बैंक र सहकारीले नपत्याएपछि कतिपयले गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋण लिएर घर ठड्याउँदै छन् । अब उनीहरुलाई ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । उनीहरुले सरकारले दिएको अनुदान घर बनाउन अपर्याप्त भएको गुनासो गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ३० आश्विन बिहीबार  ६ : ५६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय