२०८३, ३० श्रावण आईतबार

स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य

स्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य


तपाईं आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहानुहुन्छ भने ब्रह्म मुहूर्तमा ओछ्यान छाड्नुहोस् । यदी कोही व्यक्तिको कुण्डलीमा ग्रह सम्बन्धी कोही दोष भएमा भाग्यले साथ दिँदैन । कुण्डलीको दोषाबाट टाढा रहनका लागि ज्योतिष शास्त्रमा कयौँ उपाय अपनाउन सकिने शास्त्रले बताएको छ । शास्त्रमा भनिएको छ–

वर्ण कीर्ति मन्ति लक्ष्मी स्वास्थ्यमायुश्च विदन्ति ।
ब्राह्मो मुहूर्ते संजाग्रच्छि वा पंकज यथा ।।

यो श्लोकअनुसार ब्रह्म मुहूर्तमा उठ्नाले व्यक्तिको सुन्दरता, धनलक्ष्मी, ज्ञान, स्वास्थ्य तथा लामो आयु प्राप्त हुनेछ । हरेक दिन बिहानै उठ्ने मानिसको शरीर कमलको जस्तै सुन्दर हुँने बताइन्छ ।

अझ स्त्री मान्छेले विहान सबेरै उठेर यस्ता काम गर्दा वैभव प्राप्त हुने शास्त्रले जनाउँछ । विहान सवेरै उठेर पूजा पाठ गर्दा त्यसको पुण्य पतिलाई पनि मिल्ने विश्वास गरिन्छ। ज्योतिषले केही यस्ता उपाय बताएका छन्। जुन उपाय स्त्रीले अपनाउदा उनका पतिको दुर्भाग्य हटेर भाग्यले साथ दिने विश्वास गरिन्छ।

महालक्ष्मीको कृपाविना पैसासँग सम्बन्धित कुनै पनि काम राम्रोसँग पूरा हुँदैनन्। जुन व्यक्तिमाथि लक्ष्मी माताको कृपा रहन्छ, त्यस्ता व्यक्तिलाई कहिलै धनको कमी हुँदैन्। लक्ष्मी माताको कृपा पाउनका लागि केही उपाय छन्। ती उपाय अपनाउदा लक्ष्मी माताको कृपा मिल्ने ज्योतिष शास्त्रले बताउँछ ।

शास्त्रमा स्त्रीलाई महालक्ष्मीको रुप मानिन्छ। त्यसैले कोही महिलाले पूजा पाठ गर्दा त्यसको फल पतिसहित घर परिवारलाई मिल्ने विश्वास गरिन्छ। शास्त्र अनुसार विहान महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किने गर्छिन्। यस क्रममा जुन घरमा सरसफाई र पवित्रता हुन्छ त्यो घरमा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ। त्यसैले विहान पुरै घरको सफाईमा ध्यान दिनपर्छ ।

स्नान आदी कर्म पश्चात सफा वस्त्र लगाएर घरको मन्दिरमा पूजा गर्नुपर्दछ। पूजामा तामाको भाँडोमा पानी भरेर राख्नु पर्दछ। पूजापछि उक्त भाँडोमा राखेको जल अशोकको पातले घरको मुख्य द्वारमा तथा पुरै घरमा छिट्नु पर्दछ। त्यसपछि तुलसीमा एक भाँडो जल चढाउनु पर्दछ। यस गर्दा सुख, सन्तुष्टि र बैभव मिल्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ७ : ५० बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन