२०८३, ३० असार बुधबार

चिन सरकारले नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने घोषणा

चिन सरकारले नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने घोषणा


काठमाडौं २५ असोज : नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गर्नुभयो । आफु र चिनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको बताउनु भयो । ‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उहाले भन्नुभयो ।

नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चिन तयार रहेको उल्लेख गर्नुभयो ।

मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उहाले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गर्नुभयो । नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रसंशा योग्य रहेको राष्ट्रपति सीले बताउनु भयो ।

प्रकाशित मिति : २०७६, २५ आश्विन शनिबार  ११ : १७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै