२०८३, २९ श्रावण शनिबार

काभ्रेको बेथानचोक गाउँपालिका पूर्णखोप युक्त घोषणा

काभ्रेको बेथानचोक गाउँपालिका पूर्णखोप युक्त घोषणा


काभ्रेको बेथानचोक गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको हो ।

पालिकाको १ देखि ६ वटा वडामा रहेका खोप लगाउने उमेर समूहका बालकालिकाहरुले खोपको मात्र पुरा गरेकाले पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको बेथानचोका गाउँपालिकाका स्वास्थ्य संयोजक ललिता आर्चायले जानकारी दिइन् । ‘अहिले पालिकाभित्र खोप उमेर समूहका बालबालिकाले खोप लगाइसकेका छन्, उनले भनिन्,‘खोप बालकालिकाको नैसंर्गिक अधिकार भएकाले हरेक अभिभावकले आफ्नो बालबच्चालाई स्वास्थ्यसंस्थामा लगेर खोप लगाउनुपर्छ ।’ गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी तथा १८ ओटा खोप केन्द्र मार्फत स्थानीयले सेवा लिँदै आएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सनाले पूर्णखोप गाउँपालिका बनाउन भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै पालिकाभित्रका कोहि पनि बालबालिका खोपबाट बञ्चित हुन नदिन थप कार्यक्रम गर्दै लैजाने बताए । प्रमुख कार्यकारी अधिकृत टेकराज आचार्यले दक्षकर्मचारीबाट मात्र स्वास्थ्य सुविधाको सुनिस्चितता हुने भएकोले कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै स्वास्थ्य स्वयम् सेविकाहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, काभ्रेका जनस्वास्थ्य अधिकृत नेत्र प्रसाद न्यौपाने, वडाअध्यक्षहरु सोमनाथ घिमिरे, भगवान घिमिरे, दिल बहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, खजेन्ची बहादुर लामा, विष्णु तामाङ्, पार्वती मा.विका प्राध्यानाध्यापक गोविन्द प्रसाद शर्मा, विभिन्न राजनीतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागि रहेको थियो ।

प्रकाशित मिति : २०७५, २४ असार आईतबार  ५ : २८ बजे

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ