२०८२, २ माघ शुक्रबार

रेडियो नमोबुद्ध १४ औँ वर्षमा प्रवेश

रेडियो नमोबुद्ध १४ औँ वर्षमा प्रवेश


धुलिखेल १२ असोजः काभ्रेको धुलिखेलबाट प्रसारण भइरहेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्ज आइतबार देखि चौधौँ वर्षमा प्रवेश गरेको छ ।

२०६३ साल असोज १२ गते स्थापना भएको रेडियो काभ्रे लगायत आसपासका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो हो ।

चौधौँ वर्ष प्रवेशको उपलक्ष्यमा रेडियोले विशेष कार्यक्रम आयोजना गरी आफ्नो स्रोता, विज्ञापन दाता, संरक्षक र आजीवन सदस्य लगायतलाई धन्यवाद दिएको छ ।

धुलिखेलमा भएको कार्यक्रममा रेडियोका अध्यक्ष भक्त स्याङतानले समुदायको हितका लागि रेडियोले अझै धेरै काम गर्न आवश्यक रहेको बताए । त्यस्तै पूर्वअध्यक्ष जगतमान दोङले रेडियो सुनिने ठाउँमा सूचना प्रवाह र नसुनिने ठाउँमा समुदाय केन्द्रित कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष कुमार दोङले स्थानीय लोपउन्मुख भेषभूषा, रितीरिवाज, धर्म, संस्कृतिको संरक्षण, जर्गे र प्रचारप्रसारमा सामुदायिक रेडियोको भूमिका महत्व पूर्ण रहेको बताए ।

गैरसरकारी संस्था महासंघ काभ्रे शाखाका अध्यक्ष टोम सापकोटाले २०७२ बैशाखको भूकम्प, बाढी, पहिरो जस्ता विपदका बेला रेडियो नमोबुद्धले खेलेको भूमिकाको विशेष रहेको औल्याए ।

युवा ब्यवसायी भेषराज शाहले विभिन्न अप्ठ्यारो परिस्थितिका बीच पनि रेडियो नमोबुद्धले समुदायको हितका लागि काम गरेको उल्लेख गर्दै अझ यसलाई समय सापेक्षा बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

रेडियोे नमोबुद्धका स्टेसन म्यानेजर हिरामान लामाले रेडियोले छिट्टै आफ्नै भौतिक पूर्वाधार निर्माण गर्ने बताए । उनले समाज सुहाउँदो विषयवस्तु समाचार, कार्यक्रम र पिएसए मार्फत रेडियोले प्रसारण गरिरहेको भन्दै आगामी दिनमा थप प्रभावकारी बनाउने बताए ।

रेडियोले अहिले तामाङ, दनुवार, शेर्पा, जिरेल, ह्योल्मो लगायत जातजातिको भाषाका कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७६, १२ आश्विन आईतबार  ६ : ३३ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति