२०८१, १० फाल्गुन शनिबार

दैलेखका राउटेलाई पनि दशैं लाग्यो, खर्च जुटाउँदै

दैलेखका राउटेलाई पनि दशैं लाग्यो, खर्च जुटाउँदै


काठमाण्डौ, १० असोज :  वर्षदिनमा एकपटक आउने दशैलाई जंगलमा निर्भर रहँदै आएका राउटे समुदायले पनि रमाइलो गरी मनाउँछन् । तर उनीहरुलाई यो पर्व मनाउन हरेक वर्ष खर्चको समस्या हुन्छ । दशै खर्च संकलन गर्न दैलेखबाट निस्किएका राउटेको समुहले दाङमा पुगेर २७ हजार खर्चको जोहो गरेका छन् । उनीहरुलाई घोराही उपमहानगरपालिकाले दशैँ खर्चका रुपमा २० हजार रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय दाङले पनि ७ हजार रुपैयाँ उपलब्ध गराएको छ । राउटेको अर्को टोली दशैं खर्च जोहो गर्न काठमाडौं निस्किएको छ । संकलित रकमलाई राउटेले नयाँ कपडा, खसीबोका, खाद्यान्न, मरमसला लगायतमा खर्च गर्छन् ।

सरकारले लोपोन्मुख समुदायको सूचीमा रहेका राउटेहरुलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पनि दिँदै आएको छ । जंगलमा बस्ने, जंगलकै कन्दमूल तथा जीवजन्तुहरु मारेर खाने राउटेहरुको दैनिकी बन्दै आएको छ । सहायक मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा बिहीबार बेलुका दाङ पगुेका राउटेहरु दशैँ खर्चका लागि शुक्रबार दाङका विभिन्न सरकारी कार्यालयमा सहयोग माग्दै पुगेका थिए ।

दैलेखको एउटा जंगलमा बस्दै आएका झण्डै २ सय जना राउटेलाई दशैँ मनाउन १० वटा खसी बोका चाहिने सहायक मुखीया शाहीले बताएका छन् । दशैँमा टीका लगाउने, नयाँ कपडा किन्ने, मासु खाने भन्दै उनीहरु अहिले विभिन्न जिल्लामा दशैँ खर्च जुटाउन हिँडेका हुन्।

प्रकाशित मिति : २०७६, १० आश्विन शुक्रबार  ९ : ४० बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,