२०८२, २ माघ शुक्रबार

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने


काठमाडौं, असोज ६: चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन्।

आइतबार दिउँसो चारवटै सुरक्षा प्रमुखबीच छलफल भएको बताउँदै नेपाल प्रहरीका एक उच्च अधिकारीले भने– ‘चीनले सुरक्षाबारे विशेष चासो लिएको छ, नेपालले कस्तो सुरक्षा ‘एस्योर’ गर्छ भन्ने चीनको चासो हो।’ चारवटै सुरक्षा निकायबाट २७ हजार सुरक्षाकर्मी परिचालन गर्ने प्रारम्भिक सुरक्षा खाका नेपाली पक्षले चीनलाई ब्रिफिङ गरेको ती अधिकारीले बताए।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र सेनाका उच्च अधिकारी सहभागी थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार  ६ : ५३ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति