२०८३, ९ भाद्र बुधबार

कारागारमा क्षमताभन्दा बढी कैदी

कारागारमा क्षमताभन्दा बढी कैदी


रौतहट, ४ असोज: रौतहटको गौर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । विसं १९८९ मा स्थापना भएको गौर कारागारको क्षमता १२० जना अटाउने रहेकामा हाल यहाँ २९४ कैदीबन्दी छन् ।

कैदीबन्दीको सङ्ख्या बढ्दै गएको छ । क्षमताभन्दा बढी बनदी भएपछि व्यवस्थापन गर्न गाह्रो भएको गौर कारागारका जेलर नायबसुब्बा शम्भु यादवले बताउनुभयो । “कारागार भवन जीर्ण छ । कैदीको सङ्ख्या बढ्न थालेपछि समस्या भएको छ”, उहाँले भन्नुभयो । भवनसमेत अपुग भएको छ ।

वर्षात्को समयमा कैदीबन्दीलाई धेरै समस्या हुने गरेको यादवले बताउनुभयो । विभिन्न मुद्दाका कैदीबन्दीलाई व्यवस्थापन गर्न चुनौती भएको बेलामा सङ्ख्या बढ्दै जाँदा झन समस्या भएको उहाँको भनाइ छ । कारागारमा कर्तव्य ज्यान, ज्यान मुद्दा, चेलीबेटी बेचबिखन, मावन ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागूऔषध, सवारी ज्यान, बलात्कारलगायता मुद्दामा कैदीले सजाय भुक्तान गरिरहेका छन् । कैदीबन्दीमध्ये १२ महिला छन् ।

देशका अधिंकाश स्थानमा रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । राणाकालीन समयमा बनेको गौर कारागार पुरानो र जीर्ण बन्दै गएकाले अन्य स्थानमा कारागार बनाउन पहल भइरहेको उहाँले बताउनुभयो । नयाँ कारागार बनाउन जमीनको खोजी भइरहेको छ । RSS

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ८ : ३२ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा