२०८३, २ भाद्र बुधबार

भ्रष्टाचार विरुद्ध सरकार निर्मम बन्छः मन्त्री बासकोटा

भ्रष्टाचार विरुद्ध सरकार निर्मम बन्छः मन्त्री बासकोटा


पनौती, काभ्रे । सञ्चारमन्त्री गोकुल बास्कोटाले पनौतीको मल्पीमा शहिद पार्कको अनावरण गर्दै सरकार भ्रष्टाचारीका विरुद्धमा निर्मम भएर प्रस्तुत हुने बताएका छन् । भ्रटाचारको विरुद्धमा सरकार लाग्दा यसलाई कम्युनिस्ट सरकार अधिनायकवाद उन्मुख भयो भनेर आरोपित गर्नु लोकतान्त्रिक अभ्यास नभएको उनको भनाई थियो ।
‘जनताद्वारा निर्वाचित सरकार लोकतान्त्रिक बताउँदै उनले भष्ट्रचारका विरुद्धमा सरकार एक पटक होइन, हजार पटक निर्मम र अधिनायकवादी बन्नसक्छ’, शहिदपार्कको अनावरण गर्दै मन्त्री बास्कोटाले भने, ‘हाम्रो देशमा भ्रष्टाचार सामाजिक मनोविज्ञान जस्तो बन्यो समृद्ध समाजका लागि त्यसलाई समाप्त गर्नुछ ।’
२०६२÷०६३ को आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद सगुन ताम्राकारको जन्मभूमि पनौतीमा गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र सगुनको शालिक निर्माण गरी पनौतीको मल्पीमा शहिदपार्कको निर्माण गरिएको थियो । उक्त पार्कको अनावरणका क्रममा मन्त्री बास्कोटाले भने, ‘राजा महाराजाहरुको इतिहास खोपीमा बसेर लेखिन्थे तर जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छ’ उनले ‘संघर्षको मैदानभित्र इतिहास लेखिने एउटा पात्र, योद्धा र सहिद सगुन ताम्राकार बन्नुभएको छ ।’

दोस्रो जनआन्दोलनका क्रममा कलंकीमा प्रहरीले चलाएको गोली लागेर ७ वैशाखमा १९ वर्षीय सगुनको निधन भएको थियो । छोराको शालिक अनावरण कार्यक्रममा सहभागी भएका सगुनका परिवारहरु भने शहिद छोरा सगुनलाई सम्झेर भावविव्हल देखिए ।

प्रकाशित मिति : २०७५, ९ असार शनिबार  ८ : ०० बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश