२०८३, १२ जेष्ठ बुधबार

सञ्चार मन्त्री बास्कोटाले भने ‘पत्रकारिता क्षेत्रको सिण्डिकेट पनि तोड्छु’

सञ्चार मन्त्री बास्कोटाले भने ‘पत्रकारिता क्षेत्रको सिण्डिकेट पनि तोड्छु’


सूचना, सञ्चार तथा प्राविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारिता क्षेत्रको पनि सिण्डिकेट हटाउने बताएका छन् । सोमबार काभ्रेको चण्डेनीमा हिगुवापाटी–ज्याम्दी–दोलालघाट सडकको शिलान्यास गर्दै मन्त्री बास्कोटाले पत्रकारिताको सिण्डिकेटले देशको पुरै विकास पद्धतिलाई अबरुद्ध पुर्याइरहेको भन्दै सिण्डिकेटको जालो तोडेरै छाड्ने बताए ।

मन्त्री बास्कोटाले समयमै काम नगर्ने जो कोहि ठेकेदार पनि उम्कन नपाउने भन्दै आफ्नो गाउँ टोलमा आएको विकास प्रभावकारि अनुगमन गर्न आग्रह समेत गरे । ‘काम समयमै नसक्ने कोहि पनि ठेकेदारलाई जोगाईने छैन्, उनले भने ‘राज्यको पैसा दुरुपयोग गर्ने छुट कसैलाई छैन् ।’ गाउँमा आएको विकासले खेत बारी मासियो भनेर आन्दोलन र चिन्ता नगर्न आग्रह गर्दै मन्त्री बास्कोटाले विकासले मानिसलाई मालिक बनाउने समेत दाबी गरे । उनले देशका सबै क्षेत्रमा रहेको सिण्डिकेट हटाउन यो सरकार कठिबद्ध रहेको भन्दै कोहि पनि नागरिक छाना बाहिर नरहने ब्यवस्था गरिएको बताए ।

सरकारका प्रवक्ता समेत रहेको मन्त्री बास्कोटाले निर्माणको युग सुरु भएको भन्दै भ्रष्टचार अब एकादेशको कथा बन्ने उल्लेख गरे । सरकारले हो–हल्ल्ला र चमकदमक कुरा नगर्ने भन्दै काम गरेर देखाउने दाबी समेत गरे । उनले ८ प्रतिशत भन्दा बढी आर्थिक बृद्धिदर पुर्याउने योजना पनि सुनाए । ‘अहिले हामीले ८ प्रतिशत आर्थिक बृद्धिदर हुन्छ भनेर भनेका छौँ, उनले भने ‘यो हाम्रो लक्ष्य मात्रै हो, त्यो भन्दा बढी आर्थिक बृद्धिदर सरकारले गराएर देखाउँछ ।’ लोकतन्त्र र गणतन्त्र सबैको साझा एजेण्टा भएको भन्दै उनले लोकतन्त्र रहदैँ कि भनेर गनगन नगर्न प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरे ।

प्रकाशित मिति : २०७५, २८ जेष्ठ सोमबार  ३ : ४९ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक