२०८३, ९ भाद्र बुधबार

धानखेतीमा देखा परेको फौजी किरा नियन्त्रणमा

धानखेतीमा देखा परेको फौजी किरा नियन्त्रणमा


भद्रपुर, २४ भदौ: झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान सुपरजोन क्षेत्रमा समेत फैलिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले ती सबै क्षेत्रमा देखा परेको फौजी किराको प्रकोप पूरै नियन्त्रणमा आइसकेको बताउनुभयो । नियन्त्रणमा आउनु अघि फौजी किराले ती क्षेत्रको २५ बिघामा लगाइएको धानखेती सखाप पारेको थियो । उहाँका अनुसार नेपालमै पहिलोपल्ट झापामा अमेरिकन जातको फौजी किरा देखा परेको र यस अघि भारतीय जातको फौजी किराको मात्र प्रकोप देखा पर्ने गरेको थियो ।

राति मात्र सक्रिय हुने अमेरिकन फौजी किराले लार्भा अवस्थामा बढी क्षति पु¥याउने गरेको छ भने शुरुमा धानको पात खाएर झिल्लीजस्तो बनाउने र पछि गुभोको रस चुसेर बोट सुकाएर मार्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख रवीन्द्र सुवेदी बताउनुहुन्छ ।

उहाँका अनुसार फौजी किरा नियन्त्रणका लागि धानखेतीमा एममिक्टीन बेन्जोस्ट, क्लोरोपाइरीफस र साइपर मेप्रीन मिश्रण गरेर स्पे्र गरिएको थियो । अमेरिकन जातको फौजी किरा देखा परेपछि कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक, कृषि निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरका विज्ञले किसानको खेतमै पुगेर कीराको पहिचान गरेका थिए ।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ८ : ३५ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा