२०८३, ६ आश्विन बुधबार

प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता


काठमाण्डौ, २३ भदौ : तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सोमबार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न विदेश मन्त्री वाङ बालुवाटार पुगेका थिए । नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग मन्त्रीस्तरीय वार्ता गरेर सहमति पत्रमा हस्ताक्षर गरेलगतै वाङले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको बालुवाटार श्रोतले बताएको छ । चिनियाँ विदेश मन्त्री वाङले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्दैछन् ।

यस्तै चिनियाँ विदेश मन्त्री यीले मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्दैछन् । विदेश मन्त्री यी मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ७ : ३६ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१