२०८३, ८ कार्तिक आईतबार

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) र अरब राष्ट्रका नेताहरूसँगको बैठकमा ट्रम्पले इरानसँग जोडिएका मार्गमा भएका व्यावसायिक जहाजमाथिका आक्रमणले मध्यपूर्वको ऊर्जा पूर्वाधारलाई इरानी नाकाबाट बाहिर सार्नुपर्ने आवश्यकता देखाएको बताए ।

उनले तेल तथा ऊर्जा आपूर्ति पाइपलाइन वा अन्य वैकल्पिक मार्गमार्फत सुरक्षित रूपमा बाहिर लैजान आईएमईसी महत्त्वपूर्ण हुने उल्लेख गरे । ट्रम्पले मध्यपूर्व दशकौँदेखि रहेका चुनौती पार गर्ने चरणमा पुगेको दाबी गर्दै अमेरिकाले क्षेत्रलाई अझ सुरक्षित र समृद्ध बनाउन आफ्ना साझेदारहरूसँग सहकार्य गरिरहेको बताए ।

सन् २०२३ मा घोषणा गरिएको आईएमईसीको पूर्वी करिडोरले भारतलाई खाडी क्षेत्रसँग र उत्तरी करिडोरले खाडी क्षेत्रलाई युरोपसँग जोड्ने लक्ष्य राखेको छ । यसमा रेलमार्ग, समुद्री–रेल ट्रान्जिट नेटवर्क तथा सडक यातायात पूर्वाधार समावेश छन् । यसैबीच, ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा दिएको चेतावनी दोहो¥याउँदै इरानलाई शीघ्र सही निर्णय लिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ८ : १७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना