२०८३, ६ आश्विन बुधबार

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछ। वडा अधिवेशनपछि अब पालिका नेतृत्व कब्जाका लागि स्थानीय तहमा आन्तरिक प्रतिस्पर्धा र रस्साकस्सी तीव्र बनेको छ।

अधिकांश वडामा नेतृत्व चयन सम्पन्न भइसके पनि कतिपय स्थानमा सहमति जुटाउन कठिन भएको र प्रतिस्पर्धा पेचिलो बनेको कांग्रेसकै निर्वाचन प्रक्रियासँग जोडिएका नेताहरू बताउँछन्। विशेषगरी पालिका सभापति र पदाधिकारीका आकांक्षीबीचको समूहगत प्रतिस्पर्धाले अधिवेशनलाई थप चासोको विषय बनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ। मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको छ।

बाढीपहिरोबाट ठूलो क्षति भएको रसुवामा भने विशेष परिस्थितिका कारण पालिका अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने अधिवेशनबाट प्रत्येक पालिकामा पाँच पदाधिकारी निर्वाचित हुनेछन्। एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुनेछन्। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था छ।

यसअनुसार देशभरका पालिकाबाट ३ हजार ७६५ जना पदाधिकारी नेतृत्वमा आउनेछन्। पालिका तहको नेतृत्व चयनले आगामी महाधिवेशनका लागि कांग्रेसभित्रको शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने भएकाले आजको अधिवेशनलाई महत्वका साथ हेरिएको छ। सहमति जुट्ने स्थानमा सर्वसम्मत नेतृत्व आउनेछ भने प्रतिस्पर्धा भएका पालिकामा निर्वाचनमार्फत नेतृत्व छानिनेछ।

पालिका नेतृत्वका लागि देखिएको समूहगत प्रतिस्पर्धा, आकांक्षीको बढ्दो संख्या र स्थानीय तहमा प्रभाव जमाउने होडका कारण कतिपय स्थानमा अधिवेशन थप पेचिलो बन्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ९ : ०२ बजे

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन

इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी)

प्रतिनिधिसभा बैठक बस्दै, ४ विधेयक कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका