२०८३, ७ कार्तिक शनिबार

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी

कांग्रेसको पालिका अधिवेशन आज, नेतृत्वका लागि तीव्र रस्साकस्सी


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछ। वडा अधिवेशनपछि अब पालिका नेतृत्व कब्जाका लागि स्थानीय तहमा आन्तरिक प्रतिस्पर्धा र रस्साकस्सी तीव्र बनेको छ।

अधिकांश वडामा नेतृत्व चयन सम्पन्न भइसके पनि कतिपय स्थानमा सहमति जुटाउन कठिन भएको र प्रतिस्पर्धा पेचिलो बनेको कांग्रेसकै निर्वाचन प्रक्रियासँग जोडिएका नेताहरू बताउँछन्। विशेषगरी पालिका सभापति र पदाधिकारीका आकांक्षीबीचको समूहगत प्रतिस्पर्धाले अधिवेशनलाई थप चासोको विषय बनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ। मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सकिएको छ।

बाढीपहिरोबाट ठूलो क्षति भएको रसुवामा भने विशेष परिस्थितिका कारण पालिका अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने अधिवेशनबाट प्रत्येक पालिकामा पाँच पदाधिकारी निर्वाचित हुनेछन्। एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुनेछन्। कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था छ।

यसअनुसार देशभरका पालिकाबाट ३ हजार ७६५ जना पदाधिकारी नेतृत्वमा आउनेछन्। पालिका तहको नेतृत्व चयनले आगामी महाधिवेशनका लागि कांग्रेसभित्रको शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने भएकाले आजको अधिवेशनलाई महत्वका साथ हेरिएको छ। सहमति जुट्ने स्थानमा सर्वसम्मत नेतृत्व आउनेछ भने प्रतिस्पर्धा भएका पालिकामा निर्वाचनमार्फत नेतृत्व छानिनेछ।

पालिका नेतृत्वका लागि देखिएको समूहगत प्रतिस्पर्धा, आकांक्षीको बढ्दो संख्या र स्थानीय तहमा प्रभाव जमाउने होडका कारण कतिपय स्थानमा अधिवेशन थप पेचिलो बन्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  ९ : ०२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना