२०८३, १० असार बिहीबार

दाजुभाइको झगडाले आमाको ज्यान गयो

दाजुभाइको झगडाले आमाको ज्यान गयो


जाजरकोट, २२ भदौ : महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो ।

बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आपूm चढेको एम्बुलेन्स पल्टँदा मृत्यु भएको हो । बा२च ४४४१ नंको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिदा पैदलयात्री छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन् ।

घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याउनासाथै तारा वादीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घाइतेमध्ये पैदलयात्री रसाइलीको दाँया खुट्टा भाँच्चिएको, चालक बुढाथोकीको अनुहारमा चोट लागेको र दुवै दाजुभाइ वादीका हातगोडामा सामान्य चोट लागेको छ । घाइते सबैको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिनुभयो । चालकको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७६, २२ भाद्र आईतबार  ८ : २३ बजे

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल