२०८२, ३० चैत्र मंगलबार

इरानले फेरी कब्जामा लियो गैरकानूनीरूपमा खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज

इरानले फेरी कब्जामा लियो गैरकानूनीरूपमा खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज


इरान, २१ भदौ रासस/सिन्ह्वा०: इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका सबै सदस्य फिलिपिनी नागरिक रहेका समाचारहरूमा उल्लेख गरिएको छ ।

जहाजमा दुई लाख ८३ हजार ९०० लिटर डिजेल रहेको र नियन्त्रणमा लिइएको इन्धनसहितको जहाज र चालक दलका सदस्य सबैलाई आवश्यक कानूनी कारबाहीका लागि इरानी न्यायलयमा मुद्दा दायर भएको पनि इकोफारले जनाएको छ ।

इरान र अमेरिकाबीचको बढ्दो तनाबबीच इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ जाँदै गरेको कार्गो जहाजलाई नियन्त्रणमा लिएका हुन् ।

अमेरिकी ट्रम्प प्रशासनले सन् २०१५ मा अमेरिका, रुस, वेलायत, फ्रान्स, जर्मनी र चीनसहित विश्वका छ प्रमुख शक्तिले इरानसँग गरेको सम्झौता अमेरिकाको हितमा नभएको भन्दै यसलाई गत बर्षको मेदेखि अमान्य घोषणा गरेको थियो ।

सम्झौता अनुसार इरानले आफ्नो आणविक शक्तिलाई कटौती गर्ने तथा सम्झौतामा सामेल भएका मुलुकहरूले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दीलाई हटाउने उल्लेख भएको थियो । तर अमेरिकाले गत बर्ष सम्झौता आफूलाई मान्य नभएको घोषणा गरेपछि अमेरिकाले इरानमाथि सम्झौतापूर्व लगाउँदै आएको आर्थिक नाकाबन्दीलाई पुनः निरन्तरता दिँदा अमेरिका र इरानबीच राजनीतिक तनाब सिर्जना भएको छ ।

इरानले सम्झौतामा सामेल भएका अन्य मुलुक पनि सम्झौताप्रति जिम्मेवार बन्न र अमेरिकी निर्णयका कारण इरानलाई परेको समस्यामा साथ दिन आग्रह गर्दै आएको छ भने उनीहरूले सम्झौतालाई जोगाउनुको विकल्प नरहेको बताउँदै आएका छन् ।

पछिल्लो समय अमेरिका–इरानबीचको राजनीतिक तनावका कारण इरानले आफ्नो सामुद्रिक क्षेत्रको प्रयोग गर्दै विभिन्न देशमा जाने इन्धन बोक्ने जहाजहरूलाई कब्जामा लिईसकेको छ भने केहीलाई अनुसन्धानपछि छोडिदिएको छ ।

प्रकाशित मिति : २०७६, २१ भाद्र शनिबार  ७ : १३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४