२०८३, ४ श्रावण मंगलबार

अपर तामाकोशी जलविध्युत आयोजनामा अनियमितता गरेको आरोप, कारबाही गराउन अख्तियारमा उजुरी

अपर तामाकोशी जलविध्युत आयोजनामा अनियमितता गरेको आरोप, कारबाही गराउन अख्तियारमा उजुरी


दोलखा । अपर तामाकोसी जलविध्युत आयोजनामा अनियमितता भएको भन्दै सरोकारवालाहरुले छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् । सेयर सरोकार संयुक्त संघर्ष समितिले आयोजनाको अनियमितता उपर छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । समितीले आयोजनाको काममा अनावश्यक ढिलासुस्ती गरी लागत बढाएर आयोजनामा अनियमितता गर्ने उद्देश्य राखी आयोजनाका उच्च अधिकारी चलखेलमा लागेको भनि छानविन गर्न माग गरिएको हो ।
आयोजनाका पदाधिकारीहरुले मनोमानी निर्णय गराउँदै आयोजना समयमै निर्धारित लागतमा सम्पन्न गर्ने वातावरण नबनाएको भन्दै संघर्ष समितिले न्यायोचित सिद्धान्तका मान्य आधारमा शेयर वितरणको माग गरेको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेघावाट क्षमताको माथिल्लो तामाकोशी जलविध्युत आयोजना ३९ अर्व लागतमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बृद्धि भएर ६० अर्ब पुग्ने अनुमान गरिएको छ ।
समितिका संयोजक वर्मा लामा, सह–संयोजक हिरा थोकर र सचिव बद्रीकुमार चौँलागाईले अनियमितताको विषयमा अख्तियारको ध्यानाकर्षण गराएका हुन् । यसअघि विभिन्न माग राख्दै आन्दोलनरत संघर्ष समितिले १० प्रतिशत शेयर जिल्लाबासीहरुलाई वितरण गर्नुपर्नेमा सो नगरी अनाधिकृत तह र निकायबाट अनाबश्यक निर्णय गराएको भन्दै सो कार्य स्थगित गर्न समेत माग गरेको छ । समितिले सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कापट्टाको काम कारवाहीका विषयमा छानविन गर्न पनि माग गरेको छ ।

गुणस्तरीय उपकरण खरिद नगरी फरक–फरक कम्पनीका सस्तो मुल्यका उपकरणहरु खरिद गरी आयोजनामा व्यापक अनियमितता भएको उजुरी पत्रमा उल्लेख गरिएको छ । समितिले खाडीचौर–चरिकोट सडकको दुरावस्था देखाई समयमै काम सम्पन्न नगर्ने र माग भई आउने हेभि ईक्युप्मेन्ट समयममा नै आयोजना स्थल पुग्न नसक्ने अवस्थामा उपकरणहरु सप्लाई गर्ने कम्पनिले क्षतिपूर्ति माग गर्दा ठूलो रकम हिनामिना हुने भएको तर्फ समेत गम्भिर ढंगले छानविन हुनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार  १० : ४९ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने