२०८३, ९ भाद्र बुधबार

नेपालगन्जमा गोलि चल्यो, एक घाइते

नेपालगन्जमा गोलि चल्यो, एक घाइते


नेपालगन्ज , १६ भदौ : चोरी डकैती मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परिसकेको अवस्थामा उनी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले बताएको छ। गोली लागेका उनी घाइते छन्। सोमबार दिउँसो तीन बजेतिर भारतबाट नेपाल आउँदै गरेको सूचनाको आधारमा बाँकेको बैजनाथ–४ बानियाभारका नरेन्द्र न्यौपानेलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले नियन्त्रणमा लिएको हो।

इप्रका प्रमुख डीएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले पक्राउ गरी मोटरसाइकलमा ल्याउँदै गर्दा चलिरहेको मोटरसाइकलबाट भाग्ने क्रममा गोली प्रहार गर्नुपरेको इप्रकाले जनाएको छ। डीएसपी शाहीले भने, ‘नेपालगन्ज २० राँझा चोकभन्दा उत्तरतिर केही पर पुगेपछि मोटरसाइकलबाट भाग्नै लाग्दा इन्काउन्टर गरेका हौं।’ बायाँ खुट्टामा गोली लागेका न्यौपानको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

साबिक बेलुवा गाविस–७ (बाँसगढी नगरपालिका–१) देउरालीमा यूएनको गाडी लुटपाट गरेको कसुरमा न्यौपानेसहितलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद २७ हजार ९०० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।

प्रकाशित मिति : २०७६, १६ भाद्र सोमबार  ७ : ०१ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा