२०८२, ८ पुस मंगलबार

उपसमितिद्धारा प्रतिवेदन पेश

उपसमितिद्धारा प्रतिवेदन पेश


काठमाडौं १५ भदौं : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ ।

समितिको विसं २०७५ चैत २६ गतेको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारू र योगेशकुमार भट्टराई रहनुभएको थियो ।

समितिका सभापति जयपुरी घर्तीलाई उपसमितिका संयोजक राईले आज प्रतिवेदन हस्तान्तरण गर्नुभयो । विभिन्न ६ परिच्छेद रहेको सो प्रतिवेदनले सुझाव दिएको छ ।

उपसमितिका संयोजक राईले प्रतिवेदन हस्तान्तरण गर्दै उपसमितिले विभिन्न २२ वटा मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत सम्बद्ध संस्थाका प्रमुखसित छलफल गरेको जानकारी दिनुभयो ।

सभापति घर्तीले प्रतिवेदनले मेडिकल कलेजहरुको शुल्क विवाद अन्त गर्न प्रतिवेदन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । RSS

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ४ : २१ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ