२०८३, ९ भाद्र बुधबार

ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, ३ घाइते

ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, ३ घाइते


रुकुम पश्चिम, १४ भदौ : रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा आज विहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका ट्र्याक्टर चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

घाइतेमध्ये चालक वादीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँको भनाइ छ । दामाचौरबाट करपगार जाँदै गरेको भे१च ७८९३ नंको ट्र्याक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७६, १४ भाद्र शनिबार  ६ : २७ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा