२०८३, ९ भाद्र बुधबार

नगरका कर्मचारी आन्दोलित, कामकाज ठप्प : प्रमुख भन्छन् गैर जिम्मेवारीपन

नगरका कर्मचारी आन्दोलित, कामकाज ठप्प : प्रमुख भन्छन् गैर जिम्मेवारीपन


भोजपुर, १२ भदौ : भोजपुरको उत्तरी क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो षडानन्द नगरपालिकाका कर्मचारीले आजबाट कामकाज ठप्प पारेका छन् । नगरपालिकाका स्थायी तथा करारका कर्मचारीले विभिन्न चार बुँदे माग राख्दै कामकाज ठप्प पारेका हुन् ।

उनीहरुले आज एक विज्ञप्ति जारी गर्दै करारका कर्मचारीलाई म्याद थप गरी सम्झौता गराइनुपर्ने, एक कर्मचारी एक जिम्मेवार प्रदान गरिनुपर्ने, दरबन्दीअनुसारका कर्मचारीलाई विभिन्न शाखागत जिम्मेवारी दिनुपर्ने र कर्मचारीको मनोभावना बुझेर समायोजन गर्दा सेवा क्षेत्र पायक पर्ने ठाउँमा गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । रासस

यता नगरपालिकाका प्रमुख वीरवल राईले बिना कारण आन्दोलनमा उत्रिएकाले यसको कुनै अर्थ नरहेको बताउनुभयो । नगरपालिकाको कामलाई सहज र सरलरुपमा सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृतले नीतिगत ढङ्गले समायोजन गरेकोमा आपत्ति जनाउनु कर्मचारीको गैर जिम्मेवारीपन रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ९ : २६ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा